आवरण
साथ
उपन्यास
दुःख लुकाउन सकूँ, सुख भने बाड्न सकूँ
तनमनको साथ पाई दुःखमा पनि रम्न सकूँ !
सरण राई
साथ
दुःख लुकाउन सकूँ, सुख भने बाड्न सकूँ
तनमनको साथ पाई दुःखमा पनि रम्न सकूँ !
साथ
उपन्यास
सरण राई
प्रकाशक
....
कृति ःसाथ
विधा ःउपन्यास
उपन्यासकार ःसरण राई
(०२५ ५२०७४२, ९८४२०५५२६२, धरान)
भ्mबष्(ि चबष्।कबचबलछण्२नmबष्।िअयm
आवरण ः सरण राई
भाषा सम्पादनः रोशन दाहाल
प्रकाशक ः
सर्वाधिकार ः © उपन्यासकारमा
संस्करण ःपहिलो, २० ं.. (इश्वी सन २०...)
प्रति ः१००१
मुद्रक ः
मूल्य ः २००।— ?
क्ष्क्द्यल् स्
क्ब्त्ज् ९त्यनभतजभच ध्ष्तज०
ब् ल्यखभ ि९ल्भउबष्०ि
द्यथ स् क्बचबल च्बष्
समर्पण
मनिस भई जन्मेर पनि
सही सोच्न नसकि
अरुकै सोच र खटनमा
दास भएका र भइरहेका
सर्वसाधारण आम भुइँ मान्छेहरूका लागि
सर्वसाधारण आम भुइँ मान्छेहरूलाई
प्रेम, आस्था, सम्मान र श्रध्दासाथ
सदैव साथ ...साथ
उपन्यासको विषयसूची
प्रारम्भ ; वार्ता
अध्याय— पहिलो ; उम्रिदा उम्रिदै
१.आमा
२.ठूल्दिदी
३.किनारै किनार
४.रहस्यमयी आश्रम
५.नौलो वस्ती
अध्याय— दोस्रो ; बिरुवा झङ्गिदै
१. सहरी रमझम
२.दाम्पत्य सुख
३.चुनाव
४.कोरोना कोविद १९
५.अनुभव र अनुभूति
६.तन र मन
७.जीवनका चरणहरू
अध्याय— तेस्रो ; सुल्टो बाटो सही बाटो
१.दल बल
२.अवसान
३.सुल्टो सही बाटो
४.सोच, साथ र नव युगको उदय
५.उपसंहार
प्रारम्भ
वार्ता
“कसले सधैं साथ दिन्छ ? के सधैं कसैको साथ पाइन्छ ?” —मन ।
“कसै न कसैको र केही न केहीको साथ पाएर नै जीवन चल्छ । म रहेसम्म तिमी रहन्छौ । म र तिमी साथ रहेसम्म जीवन चल्ने हो । तनको भर मन, मनको भर तन ।” —तनको जवाफ ।
मन छट्पटिएर रुमल्लिदा शरीर सुक्न थाल्छ । तरतरी आँसु झार्दै रुँदै तन भन्छ— “ ए मन बलियो हु । तँ बलियो भए मात्र म रहने हुँ ।”
“म दुखिरहेको छु । दुखिरहेको बेला तेरो अर्ति... सुन्न चाहन्नँ । बरालिएर अन्त हुन चाहन्छु ।”
“अन्त त हुन्छ नै । क्षणभङ्गुर चोला । चोला रहेसम्म रहने म तन र तँ मन मिलेर एउटा सुन्दर सृष्टि रचना गरौँ । सुन्दर सृष्टि रचना गरेर अन्तलाई मात दिऔँ । हुन्न !?”
तन मन एकआपसमा हेराहेर गर्छन् । एउटाको प्रतिरूप प्रतिबिम्ब अर्काको ऐना रूपमा स्पष्ट देख्छन् । मन सोच समझ अनुभूति भावना आनन्द र गन्तव्य पनि हो भने तन व्यवहारिक प्राप्ति अनुभव अस्तित्व यथार्थ र आनन्द पनि हो । मन बुझ्छ । मन बुझेपछि तन तन्दुरुस्त हुन्छ । मन तन एकाकार हुन्छन् । दुवै नयाँ सृष्टि गर्न लागिपर्छन् ।
सृष्टि रचनाले बुनिएको
यो मनले शरीरलाई र शरीरले मनलाई दिने
केही न केहीको
कसै न कसैको अव्वल साथ !
एउटा मन र शरीरको अन्तपछि फेरि अर्को शरीर र मन बौरीन्छ ।
दोहोरीन्छ मन दुख्ने कुरा र मनको पछि कुदिरहन विवश शरीर सुक्ने कुरा ।
शरीरको पुकार ! मनको खेल !
तन र मनको दोहोरिरहने द्वन्द्व र साथ...
साथसाथ बाँचेकाहरूले दिने
मरेकाहरूले पनि दिएका
निरन्तर चलिरहने क्रमिकता हो साथ !
अध्याय— पहिलो
उम्रिदा उम्रिदै
१. आमा
दुःख लुकाउन सकूँ
सुख भने बाड्न सकूँ !
आमा भन्नु हुुन्थ्यो, भन्ने गर्नु हुन्थ्यो । सुख आमाको जीवनमा कहिल्यै उदाएन । सुख धेरै बाड्न सक्नु भएन । दुःख दुःखको कहालिलाग्दो जीवन ! दुःख लुकाउन सधैं संघर्ष गर्नु भयो । आफू दुःिख रहेर पनि पति, छोराछोरी र छिमेकिहरूलाई सुखी बनाउनु भयो ।
आमाको पहिलो सन्तान ऊ । आमाबुबा दुवैले माया गरेर नै हुर्काए । आमाबुबा दुवै गरिब सुकुम्वासीका छोराछोरी, कहाँ कसरी भेट भयो ? विवाह गरे । बस्ने घर थिएन । नदी किनारमा सुकुम्वासी दस परिवार मिलेर ऐलानीमा बस्ती बसाए । छाप्रोहरू, खाँबो गाडेर छानो लगाएपछि घर । त्यही घरमा सुखदुःखका दिनहरू काटेर कैयौं वर्ष बिताइसकेका थिए । ऊ मुनि एकजना भाइ र एकजना बहिनी जन्मिसकेपछि पाँच जनाको परिवार ।
महान् परिवार । साझा सुखदुःख सबैको बराबरी । एउटा हाँस्दा सबै हाँस्छन् । एउटा दुख्यो भने सबै दुख्छन् । साझा हाँसो, साझा रोदन — परिवार महान् !
पारिवारीक मायामोहले नै मानिसहरूले अनेकौं कष्ट दुःख सहेर कडा मिहिनेत गर्छन् । दुःख झेल्छन्, कष्ट सहन्छन् पारिवारीक उन्नति सुखका लागि ।
आमा !
सबैको केन्द्र । ‘भोक लाग्यो’ आमा । ‘तिर्खा लाग्यो’ आमा । बिरामीमा आमा । शीतल छहारी, घमाइलो न्यानो माया । हरेक दुःख, कष्ट, पीर, रोग, भोक, शोकदेखि पार लगाउने सञ्जीवनी । आमा सबथोक । आमाको मायामा हुर्कदै गरेको उसलाई स्कुलमा पढाउने सर्तमा नदीको किनारभन्दा निकै माथी अग्लो स्थानमा रहेको सानो बजारमा बिहान बेलुकि घरको काम सघाउन लगिएको थियो । ऊ त्यहाँ गएको साल नै वर्षायाममा कैयौं दिनरात परेको झरिले यसभन्दा अगाडि कहिल्यै नआएको नदीको बाढीभेलले नदी किनारको सुकुम्वासी बस्ती बगाएर लग्यो । उसको प्यारो आमाबुबा र साना भाइबहिनी समेत बस्तीका सबै मानिसहरू बस्तीसँगै बगेका थिए । ऊ भने अरुका घरमा रहेकोले बाँचेको थियो ।
बस्ती र बस्तीवासी नदीले बगाएको थाहा पाउनासाथ ऊ झरिमा रुझ्दै नदी किनार पुगेको हुन्छ । बगरमात्र होइन, बगर ढाकेर बगरभन्दा माथिको केही अग्लो भूभाग ढाकेर भल बाढी आइरहेकै हुन्छ । ठूलो चप्लेटीमा उभिएर ऊ हेरिरहन्छ आफ्नो घर र बस्ती रहेको स्थान अब जसको कुनै चिनोबानो हुँदैन ।
“आमा !” अनायास उसको मुखबाट फुस्कन्छ । आँखाबाट नदीको भेलझैँ आँसुको भेल बगिरहेको हुन्छ । “बुबा, भाइ रुन्चे, सानी बहिनी !” विचलित भएर के गरौँ ? कसो गराँै ? भइरहेको हुन्छ । मन थाम्न नसकेर अत्तालिएको ऊ ....।
उसको कति सुखी परिवार थियो । मायालु आमा बुबा प्यारो भाइबहिनी ! सबैको अनुहार र शरीरको सिङ्गो रूप उसको आँखामा झल्किन्छ । अब कहाँ भेट्न पाउनु ? देख्न पाउनु ? कसलाई आमा भनेर बोलाउनु ? मुला भलबाढि... निथ्थ्रुक्क भिजेको ऊ नदीलाई थुक्छ, आमाचकारी गालि गर्दै ताण्डव मच्चाइरहेको उर्लदो भलबाढिलाई अविरल आँसु चुहाउदै हेरिरहन्छ ।
उसको भित्री अन्तरकुन्तर बिरह, वेदना, पीडाले नराम्ररी पोल्नका साथै मुटु आगोमा डडिरहेको भान हुन थाल्दा सोच्न पुग्छ— अब आमा नभएको संसारमा के बाँच्नु ?
ऊ चप्लेटिबाट भेलमा हाम फाल्न उफ्रिन्छ, च्याप्प बलियो हातले उसलाई समात्छ । ऊ बाँच्छ ।
“के गर्न आँटेको ? बखते ।” ठूल्दिदीको झपाराइले ऊ झस्किन्छ ।
२.ठूल्दिदी
नौनीजस्तो कमलो मन
डोब धेरै पर्ने झन्झन्
ठूल्दिदी ऊ बसेको घरको ठूली छोरी, भर्खरै १५वर्ष टेक्न लागेकी । घरमा ठूल्दिदी, सानो भाइ र आमाबुबा मात्र भएकोले बजारमा रहेको पसल कुर्दै हेर्दैमा आमाबुबाको समय बित्ने हुँदा घरको मसिनो कामहरू गर्नका लागि बखते राखिएको हुन्छ । आफ्नो घर छोडेर आउँदा नियास्रो लागेको भए पनि ठूल्दिदीको मायालु व्यवहारले उसलाई सान्त्वाना दिएको हुन्छ । ठूल्दिदीप्रति थाहै नपाई उभित्र अपनत्व जन्मेको हुन्छ ।
ठूल्दिदी नभएको भए ऊ भागेर नै घर फर्किने थियो । ठूल्दिदी र पढाइ । “पढेर ठूलो मानिस हुनु, घरको काम मन लगाएर गर्नु । हामी तँलाई घरमा राखेर पढाउन सक्तैनौँ । बिहान बेलुकि घरका मसिना काम गरेर पढाइ दिने भएकाले तँलाई कान्छासाहुका घरमा पठाईरहेका छौँ । तँलाई साथैमा राख्ने मन भएर पनि... के गर्नु ?” आमाले आँखा टलपल पार्दै लामो सुस्केरा फाल्नुभएको झझल्को बखतेको आँखामा देखा पर्छ ।
अघिसम्म हिक्क हिक्क मात्र गरेर आँसु चुहाईरहेको बखते ठूल्दिदीको हात समातेर क्वा क्वा रुन थाल्छ ।
“आमाबुबा भाइबहिनी सबैलाई बगाएछ । मेरो कोही रहेन । म एक्लो भएँ, ठूल्दिदी...”
“म छु । बखते ! म छु तेरी दिदी । तँलाई म एक्लो हुन दिन्नँ ।”
बखते झन्झन् जोडजोडले रुँदै ठूल्दिदीको काखमा लुटपुटिन्छ । ठूल्दिदी पनि मायाले उसलाई थपथपाउँछे ।
“बखते, धेरै नरु ! जति रोए पनि उनीहरू गईसके । नदीले बगाएर कहाँ पु¥यायो । लाश मात्र भेटियो भने पनि...बगाएको पनि सात आठ घण्टा भईसक्यो ।” भन्न त ठूल्दिदी भन्छे तर उसको पनि आँखाबाट आँसु बग्न थालेको हुन्छ ।
“ठूल्दिदी, लास खोज्न जाऊँ !” ठूल्दिदीको आड पाएर बखतेभित्र लास खोज्ने आँट पलाउँछ ।
“कहाँ जाने ? झरि परेको प¥यै छ । सारा गाउँलेहरूले खोजिसके । भेटे भने खबर गरिहाल्छन् नि ।”
निथ्थ्रुक भिजेको बखते रुँदै भेल हेरिरहेकै हुन्छ । भलबाढि उर्लिउर्लि आईरहेकै छ । दर्के झरि ! छाता ओढेकै भए पनि ठूल्दिदी पनि निथ्थुक्र्कै भिजिसकेकी छिन् ।
“हिँड् बखते । घर जाऊँ !”
बखतेलाई पाखुरा तानेर लान खोज्छिन् । बखते जान मान्दैन । “तँ बसिरहन्छस् भने म पनि बसिरहन्छु । म तँलाई एक्लै छाड्दिनँ ।”
बखते बोल्दैन । हेरिरहन्छ वेगले बगिरहेको भलबाढि... कहाँ थियो उनीहरूको घर ? कहाँ छन् उसका आमाबुबा र भाइबहिनी ?
रुनु— असह्य वेदनामा रुनु मन थाम्ने एक मात्र उपाय ।
निकै बेर दुवैजना रुन्छन् । अन्तमा ठूल्दिदी भन्छिन्, “बखते भाइ, अब रोएर के हुन्छ ? तेरा आमाबुबा भाइबहिनी फर्केर आउदैनन् । बरु सम्झि त तेरी आमाले के भनेर तँलाई हाम्रो घर पठाएकी थिइन् ? ‘पढेर ठूलो मानिस हुनु’ भनेर । बुझिस् ।”
‘पढेर ठूलो मानिस हुनु ।’ बखते मनमनमा यो वाक्य दोहो¥याउछ । हो, आमाले भनेकी थिइन् । अर्काको घर पठाउने मन नहुँदानहुँदै ‘पढाउछौँ’ भनेकाले छोराका भविष्यका खातिर मुटु चुडाएरै बखतेलाई कान्छापसलेकहाँ पठाएका थिए ।
“कहाँ हिँडेको ?” कतै जान लागेको बखतेलाई ठूल्दिदी सोध्छिन् ।
“बाहिर, सू गर्न ।” बखतेको जवाफ ।
“तँ फेरि नदीमा जान्छस् होला ? म पनि तँसँगै जान्छु ।”
“पर्दैन । मलाई लाज लाग्छ ।”
“केको लाज दिदीसँग । अघि पनि झण्डै नदीमा हाम फालेको । म तँलाई मर्न दिन्नँ ।”
“साँच्चै सू गर्ने मात्र ।”
“म आत्महत्या गर्दिनँ, पढेर ठूलो मानिस हुन्छु भनेर किरिया खा...अनि मात्र ।”
बखतेलाई कान्छापसलेका घरका अरु मानिसहरूले पनि सहानुभूतिकासाथ मायालु व्यवहार गर्न थालेका हुन्छन् । ठूल्दिदीले त आफैसित बसाउने सँगसँगै हिँडाउने र आफ्नै कोठामा सुताउने गरेकी छे । उसलाई शङ्का छ बाऽ बखतेको मन बरालिएर नदीमा फाल हाल्छ कि !
तीन महिना बित्यो । सुकुम्वासी बस्तीका कसैको पनि लास भेटिएन । उर्लदो भेलले कहाँ पु¥यायो ? केही दिन खोजेपछि गाउँलेहरू थाके, सरकार थाक्यो । राहतका ठूला ठूला सरकारी घोषणा भयो तर भेलबाढि पिडितहरूले राहत पाएको थाहा भएन ।
ठूल्दिदीले ‘मर्दिन, नदीमा फाल हाल्दिनँ ।’ भनेर कसमकिरिया खुवाएकै भएर बखतेले नदीमा फाल हानेर मर्ने कुरा मनमा आउन दिएन । उसले पनि मन बाँध्नथालेको छ अर्थात मन बाँध्न सिक्न थालेको छ । आफूमाथि परेका बज्रपात सहने उसको सहन क्षमता विकास हुन थालेको छ । जेजस्तो परे पनि म बाँचेर ‘आमाको सपना पूरा गर्ने छु’ अठोट गर्न थालेको छ ।
ठूल्दिदीलाई ऊ आमाजस्तै मान्न थालेको छ । हो पनि ठूल्दिदी नभएको भए नदीमा फाल हानेर ऊ मरिसकेको हुन्थ्यो । तसर्थ ठूल्दिदी उसको दोस्रो आमा नै हो ।
आमासँग छुट्टिदा बखते खिन्न भएको थियो । घरपरिवार छोडेर जान उसलाई पटक्कै मन थिएन । आमाबुबाले फकाउदै भनेका थिए— “ठूले त्यहाँ गइस् भने पेटभरि खान पाउछस् । पढ्न पाउछस् । हामी तँलाई घरमा राखेर पेटभरि खुवाउन र पढाउन सत्तैmनौँ । त्यसैले कान्छापसलेकहाँ पठाउदै छौँ...”
गरिबी । दिनभर बुबा कताकता काम गर्न जानु हुन्थ्यो । बेलुकि चामल दाल तरकारी लिएर आउनुहुन्थ्यो । आमा भने भाइबहिनी स्याहार्दै घरको र नानीहरू लगेर नै नजिकका घरहरूका काम गर्नु हुन्थ्यो । उसलाई नदीछेउ नजाने कडा चेतावनी थियो । छिमेकिका एकजना नानी नदीमा डुबेर मरेको कुरा उनीहरू बारम्बार सम्झाउथे ।
छोराछोरी हुर्किए पछि सुखको दिन आउला भन्ने आमाबुबाले सोचेका थिए । मसिना लालाबाला हुर्काउन कति कठिन छ भन्ने बखतेको बालमष्तिस्कले पनि बुझ्न थालेको थियो । चित्राको छानो मान्द्रोले बारेको घर— सुकुम्बासीको जिउ बिसाउने थलो । रातदिन कडा परिश्रम
गर्दा पनि पेटभरि खान नपाउन,े शरीर ढाक्न एक झुम्रो पनि लाउन नपाउने गरिब सुकुम्वासीहरू !
श्रमिक खोज्न मात्र त्यहाँ सुकिला मान्छेहरू आउथे । त्यो सुकुम्बासी बस्ती बजार नजिक भएर प्नि एकलासे थियो जहाँ सुखको किरण पर्दैनथ्यो । सुखको अनुभव नभएकाले गरिबी नै जीवन हो भन्ने त्यहाँका बालकहरूको बाल मष्तिस्कमा परेको हुन्छ । बखते परिवारलाई छोडेर जान मान्दैन ।
“स्कुल छुट्टि भएको दिन हामीलाई भेट्न आइज । नजिकै त हो नि कान्छापसलेको घर । तँलाई भेट्न हामी पनि आइरहन्छौँ नि ।” नियास्रो हुँदै आमाले भनेकि थिइन् । तिनी कति पटक सानो बहिनी पिठ्युमा बोकेर र भाइलाई टुकुटुकु हिँडाएर भेट्न आएकी पनि थिइन् । अहा ! आमा...उसको अन्तरमनबाट सुस्केरा निस्कन्छ । आह उच्छ्वास निस्कन्छ— आमा ! आमा अब कहाँ भेट्न पाउँछु र !
आमाबुबाको भनाइ मानेर ऊ कान्छापसलेकहाँ आएको पहिलो दिन सम्झन्छ । नौलो घर । सब अपरिचित । उसलाई पु¥याउन कान्छापसलेसँगै बुबा आउनु भएको थियो । फर्कदा बुबाले दौराको फेरले आँसु पुछेका थिए । त्यो देखेर उसले पनि रगतको आँसु बगाएको थियो ।
उसलाई हेर्न ठूल्दिदी, भाइ र साहुनी जम्मा भएका थिए । ठूल्दिदीमा के थियो ? कुन्नी ? ऊ ठूल्दिदीप्रति आकर्षित भयो । ठूल्दिदीको भर्खर फक्रन लागेको वैंश, ओठ मुस्कुराउँन खोजिरहेजस्तो, आँखा चञ्चल उसलाई हेरेर हाँसेकी थिई । ऊ पनि हाँसेको थियो थाहै नपाई । ऊ ठूल्दिदीलाई देखेर साँच्चै प्रसन्न भएको थियो ।
ठूल्दिदीले उसलाई मीठो बोलीले बोलाउथी । स्कुलमा के गर्नुपर्छ ? कसरी पढ्नुपर्छ ? मान्छेहरू भेट्दा के गर्नुपर्छ आदि कुराहरू सिकाउथी । ठूल्दिदीसँग ऊ झ्याम्मिएको थियो र आफ्नै दिदी सम्झन थालेको थियो । अपूर्व आत्मीयता, अपनत्व र साथ !
उर्लदो भेलमा बगिरहेकी आमा, बुबा र साना भाइबहिनी । घरिघरि छातिभन्दा माथिको शरीर झुलुक्क देखिँदा आमाले उचालेको हातहरू, आमा चिच्चाएर केही भनिरहेकी तर सुन्न नसकिने । भलमाथि उठेका हातहरू...
बखते झल्यास्स ब्युझन्छ । पसिनाले भिजेको, मन एक तमासको, केही गर्न नसकि आत्तिएको ऊ ऐठनजस्तो अफ्ठ्यारो भएर ब्युझेको हुन्छ ।
‘सपना पो रहेछ ।’ मनमनै सम्झन्छ । कस्तो सपना हो ? दोहोरिरहने सपना । आमाबुबा र साना भाइबहिनी सम्झदै सुक्कसुक्क रुँदै निधाउने भएकोले यस्ता सपना देखिरहन्छ कि !
कि साँच्चै आमाले बोलाएकै हो ?
अब यो संसारमा उसको को छ र ? आमा, बुबा र साना भाइबहिनी कोही छैन । मावली उसलाई थाहै छैन, थाहै भएन । ऊ एक्लो, फगत एक्लो ! आमाको असीमित मायाले आमाले बोलाएको हो कि ! ऊ पनि पसलघरमा नआएको भए उनीहरूसँगै बगेर हराईसकेको हुन्थ्यो । उसको पनि अरुहरूको जस्तै जीवित अस्तित्व नभएपछि उसले विछोडको अग्घोर पीडा वेदना, एक्लो रुवाइ, सुस्केरा बेहोर्न पर्दैनथ्यो । अझै पनि ऊ नदीमा हाम फालेर यी अजङ्गका पीर सधैंका लागि विसर्जित गर्न सक्छ ! कि नदीतिर जाऊँ, नदीमा फाल हानेर परिवारहरूसँगै बिलाऊँ !
उसको मष्तिस्कमा जान अन्जान द्वन्द्धको भुँमरी उठीरहन्छ । के गरौँ ? कसरी एक्लो बाँच्ने होला ? आमा, बुबा र साना भाइबहिनीको रमाइलो परिवार बिर्सन नसकेर उसको मनभरि उब्जिरहन्छ अनेकन कुराहरू उल्टो सुल्टो शुभ अशुभ !
‘होइन, म कहाँ एक्लै छु र ! आमा, बुबा र एउटै कोखबाट जन्मेका भाइबहिनी नभए पनि मलाई माया गर्ने ठूल्दिदी छिन् । तिनी भएरै म बाँचेको छु । आऽ...म यहाँ बसेभने एक न एक दिन मलाई नदीले निल्ने छ । परिवार सम्झदै नदीमा फाल हाल्ने छु । मर्नु या बाँच्नु ? एक मैले रोज्नै पर्छ । ठूल्दिदीले पनि कति दिन बचाउन सक्नुहोला र । बाँच्नु छ भने मैले यहाँबाट कतै टाढा गईहाल्नु पर्छ । तर कहाँ ? कता ? कहाँ कता टाढा ?’ बखते घोरिरहन्थ्यो ती दिनहरूमा ।
“बखते भाइ !”
“हजुर ठूल्दिदी ।”
“म तँलाई आफ्नै भाइ सम्झन्छु । म पनि एक्लो... भाइको साथ जीवनभर दिन चाहन्थेँ ।”
“ठूल्दिदी, म पो एक्लो छु । मेरो कोही छैन । तपाईँको त आमाबुबा भाइ छन् ।”
“बुबा मात्र आफ्नो हो । आमा सौतेनी कान्छीआमा हो । भाइ सौतेनी आमाको छोरो हो । बुबा पनि अब बुबा रहेनन् ।”
“कसरी ?”
“मेरी आमाको पनि जहाँ तिम्रो परिवार बगेर मरे, त्यहाँ नै नुहाउँदा डुबेर मृत्यु भयो । आमाको मृत्युपछि बुबाले कान्छीआमा ल्याउनु भयो । बुबाको ध्यान कान्छीआमा र भाइप्रति मात्र छ । त्यसैले म पनि एक्लो छु । तँलाई भेटेपछि मैले आफ्नै भाइ भेटेजस्तो सोच्न थालेको छु । तर...”
“तर के ? ठूल्दिदी ।”
“अघि कान्छीआमाले मलाई झपार्दै कुट्नु भयो । बखतेलाई धेरै नचाट् भन्नुभयो । ‘कुकुरलाई प्यारो गरे आफ्नै मुख चाट्छ’ बुझिस् । त्यो बखतेलाई आफ्नो कोठामा किन सुताउछस् ? छिडीँमा सुत्न पठा । तेरो पोइ हो र ? त्यति धेरै माया गर्छस् ? मलाई पनि झनक्क रीस उठ्यो र भनेँ ऊ मेरो भाइ हो । पोइ भन्नुहुन्छ भनेपोइ नै सही भन्दिएँ ।” ठूल्दिदीले रुदै भनिन् । “मैले यति के भनेकी थिएँ बेस्से, उम्रिदै तीन पात, अहिले नै पोइ चाहिने भन्दै झापड हानिन् र भुत्लाउदै भनिन् तेरो बाउलाई भन्न नपरोस्, तेरो बाउलाई सुनाए भने तेरो के गति पार्छन् भन्दै चडकन् हिर्काइन् । बखते म यहाँ बस्न सक्तिनँ । आधि पेट खाएर भए पनि म मावलिमै बस्छु । म मावलि गएर मामामाइज्युले मान्नुभएमा म तँलाई पनि उतै लान्छु ।” भन्दै रोइन् ।
बखते पनि आफ्नो बाँच्ने एक मात्र सहारा ठूल्दिदी रोएको देखेर रुन थालेको थियो । यो के भएको ? बखतेलाई माया गर्नेहरू सब डुब्दै छन् । ठूल्दिदी पनि टाढा हँुदै छिन् ।
ठूल्दिदीसँग विछोडिनुभन्दा अगाडि नै बखते कान्छासाहुको घर छोडेर निस्कियो । बखते हिँडेको देखेर ठूल्दिदी चिच्याएर सोध्छिन्— “कहाँ हिँडेको ? बखते, तैले आत्माहत्या गर्दिनँ भनेर गरेको वाचाकसम सम्झि । जत्रै आपतविपत परेपनि बाँच्नु पर्छ । फर्केर आउनु .. म पर्खिरहन्छु ...” अरु के के भन्दै थिइन् । नसुनि बखते फटाफट हिँडिहाल्यो ।
३. किनारै किनार
नदि बगिरहन्छ किनार सधैं किनारमै रहन्छ
जीवनयात्री बगरमै किनारझैँ छट्पटि रहन्छ
जीवन हिँडाइ रहेछ । भोगाइ रहेछ । बेसुरमै बखते हिँड्यो । गन्तव्य थिएन । उद्देश्य थिएन । किनभने ऊसित सोच पनि थिएन । ऊ नदीको किनारै किनार हिँडिरह्यो, हिँडिरह्यो ।
निस्पट्ट अँध्यारो, केही देखिन छाडेपछि चप्लेटि ढुङ्गामा निधायो । बिहान चराचुरुङ्गीको चिरविर र नदीको कलकलले ऊ ब्युझियो । हे¥यो चारतिर । ऊ डरायो— ‘उसले छिटोभन्दा छिटो यो नदीबाट टाढा जानु पर्छ !’
‘नदीले मेरो परिवारलाई निलेझैँ मलाई पनि निल्न सक्छ । बाँचेर मैले पढेर ठूलो मान्छे हुनुपर्छ भन्ने आमाको सपना पूरा गर्नुपर्छ । दुःख, अभाव र गरिबी झेलिरहेका मानिसहरूको मनमा सोचको नयाँ बिरुवा रोपेर उज्यालो उमार्नु पर्छ !’
यस्तै सोच्दै ऊ छिटो छिटो हिँड्यो, दौड्यो किनारभन्दा धेरै टाढा ...सोच र साथ नभएको ऊ हिँडिरह्यो । हिँडिरह्यो एक्लै एक्लै ! हिँडिरह्यो कि भट्किरह्यो ...
ऊ हिँडिरहन्छ । हिड्नु सजिलो थिएन । नदीबाट टाढा भाग्ने क्रममा ऊ कहिले अक्करको भीरपहरा चढ्छ, कहिले अफ्ठ्यारो काँडाकाँडाले जेलिएका झाडिजङ्गलबाट पनि गुज्रन्छ । यसरी हिँडेदा हिँड्दा दिन बितेको उसलाई पत्तै हुँदैन । सााझ परेपछि पो ऊ अलमल्लमा पर्छ । कहाँ बास बस्ने ? के खाने ? भोक लागेसँगै उसलाई आफू थाकेको महसुस हुन्छ । अगाडि जाने बाटो देखिदैन । एउटा चप्लेटि ढुङ्गामा बस्छ पल्टन्छ । थाकेको ऊ थाहै नपाई निधाउँछ ।
मध्य रातमा ऊ ब्युझन्छ । चकमन्न अँध्यारो चारैतिर, कराईरहेका स्यालहरू बाघहरू सिंहको गर्जन सुनेर चुप हुन्छन् । सिंह, बाघ, भालु, ब्वासो, स्यालजस्ता हिंसक जानवरहरू जङ्गलभरि रहेछन् । ‘मलाई पनि मारेर खान्छन् कि !’ ऊ डराउँछ ।
‘आँ खाए भने, कोही आफ्नो नभएको मलाई खाए भने दुःखै हराउँछ ।’ मन बुझाउँदै जाडोले ढुङ्गाको चेपमा डल्लिएर बसिरह्यो । कहाँ जानु ? चुक घोप्टाएजस्तो अँध्यारो । भाग्ने पनि कता ? केही देखिदैन । जे होला, होला..
अँध्यारोमै अलिक पर गुलुपजस्तो एक जोडि आँखा टल्किरहेको थियो । ङरर ङरर आवाससँगै ती आँखाहरू नजिक नजिक आईरहेको थियो । ‘आँ अहिलेसम्मको मात्र रहेछ मेरो जीवन’ भन्ने बखतेले सोचिरहेको बेला अकस्मात जङ्गलभरि जीवजन्तुहरू भागेको कुदेको आवाज आयो । जीवजन्तुहरू भागे । किन भागे ? गुलुपजस्तो आँखा पनि हरायो । सिंह पो जङ्गल थर्काएर गर्जेकाले सब भागेका थिए । सिंह आयो भने... बखतेको ओठमुख सुक्यो, मुटु ढुकढुक गरिरहेको थियो ।
मर्न त को चाहन्छ र ? बाँच्ने उत्कट चाहनाले जीवनको मोह कति विशाल हुँदोरहेछ ? बखतेलाई थाहा भयो । बाँच्न पाए.. ऊ त्यतिबेला सोचिरहेको थियो । झिसमिस उज्यालो हुन थालेकोले केहीकेही देखिन थालेको थियो । मैले सुरक्षित स्थानतिर भाग्नु पर्छ भन्ने सोचेर ऊ जता पायो त्यतै हिँड्न थाल्यो । रातभर जङ्गल थर्काउने जानवरहरू कता गए ? सुनसान थियो । आवाज ननिकालि हिँडने कोसिस सुकेका पातहरू कुल्चिदा निस्केका आवाजले कतै बाघ, भालु आउने हुन् कि ! ऊ मानव वस्तीतिर जान चाहन्थ्यो तर ऊ झनझन भित्री जङ्गलतर्फ गईरहेको थियो ।
जङ्गल झन् घना र बाक्लो, एकआपसमा जेलिएका लहराहरू, जति हिँडे पनि जङ्गलै जङ्गल । ऊ हिँडेको हिँडेकै...
हिँडिरहनु जीवन हो । हिँडेर मात्र मानव वस्तीमा पुगेर म बाँच्न सक्छु । यस्तो सोच्दै ऊ हिँडिरहेको हिँडिरहेको थियो । हिँड्दा हिँड्दै भोको र प्यासी ऊ जङ्गलमै अर्धबेहोस भई लड्यो ।
उसलाई कसैले बोकेर लगरिहेझैँ लागिरहेको थियो । हो वा होइन लागिरहेको बेला ऊ पूरै बेहोस भयो ।
४.रहस्यमयी आश्रम
रहस्य रहस्यभित्रै रहस्यले नै जेलिने
बुझ्नसके एक कदम अरु जान सकिने
‘यो कुन ठाउँ हो ?’ होस आएपछि बखतेले ठम्याउने कोसिस ग¥यो । ठम्याउन सकेन । सोध्नलाई कोही देखिदैन थियो ।
‘म यहाँ कसरी आईपुगेँ ? उसले मनमनै आफैलाई सोध्यो । ऊ अर्धबेहोस भएको बेला कसैले बाकेर हिँडेको जस्तो उसलाई लाग्यो । ‘मलाई बोक्ने को होला ? यो कस्तो ठाउँ होला ? सकि नसकि उठेर चारैतिर हेर्न थाल्यो ।
बखतेलाई सा¥है भोक लागेको थियो। अलि पर उसिनेको कन्दमूल देख्यो । खायो र प्यास मेटाउन कलकल बगिरेको सानो खोलामा जान्छ र अञ्जुलिले उघाएर धित मरुन्जेल पानी खायो ।
‘म अब भने बाँचे तर मलाई पुनर्जीवन दिने को होला ?’ सोच्यो ।
नजिकै रहेको अर्को छाप्रोबाट कोलाहल कहिले सुनिन्थ्यो भने कहिले रोए जस्तो, कहिले हकारेजस्तो रोएको हाँसेको आवाज आईरहेको थियो । प्रार्थना पो हो कि ! पुरुष, महिला, केटाकेटी सबैका सामुहिक आवाज पनि सुनिन्थ्यो । त्यहाँ के भईरहेछ बखतेले केही ठम्याउन सकेन । अलमलमा परिरहेको बेला एउटा धम्मरधुस्से तन्नेरी केटा आएर सोध्यो, “ब्युझ्यौ ?”
“अँ...” बखते त्यो मान्छेलाई देखेर डरायो । हेर्दा डरलाग्दो देखिए पनि बोली भने नरम रहेछ, उसले सोच्यो ।
“म कसरी यहाँ आई पुगेँ ?”
“मैले नै बेहोस तिमीलाई बोकेर ल्याको ।”
“यो कस्तो र कुन ठाउँ हो ?”
“यो बनजङ्गलभित्र ऐकान्तिक उच्च साधना गर्ने मनोरम रहस्यमयी आश्रम हो ।”
“यहाँ के गरीन्छ ?”
“आराधना, साधना र अभ्यास ।”
“कस्तो ?”
“धेरै नसोध । धेरै नसोच पनि । तिमीलाई भर्खर होस आएको छ । पहिला स्वस्थ तन्दुरुस्त होऊ । सबै तिमीलाई थाहा हुने छ ।”
अरु खाने पिउने चिजहरू देखाएर त्यो मानिस अर्काे छाप्रोतिर जान्छ । ऊ कति दिनको भोको र प्यासो थियो खान तल्लिन भयो । धेरै समयपछि धेरै खाएकोले होला, ऊ बिस्तारै निधाएजस्तै गरि बेहोस भयो वा निधायो ।
रहस्यमयी आश्रमबारे उसलाई थाहा हुन थालेको थियो । त्यहाँ जम्मा २६जना रहेकोमा ऊ थपिएपछि २७ जना भएका थिए । आश्रममा बसौँ कि नबसौँ ऊ निश्चित गर्न सकिरहेको थिएन । त्यहाँबाट कहाँ जाने ? चारैतिर जङ्गल छ, हिंसक जानवरहरू छन् । बाध्यतावश बखते त्यहाँ बस्यो । त्यहाँ बसुन्जेल ऊ बाँचिरहन सक्थ्यो । बाँच्नु सबैभन्दा ठूलो हो । बाँचियो भने दुनिया देखिन्छ । मानव वस्तीतिर यहाँबाट कसरी पुग्न सकिन्छ ? बरु थाहा पाउने कोसिस गर्नुपर्ला— बखतेले सोच्यो ।
उसलाई सुरुसुरुमा योगहरू गर्न सिकाइयो । योग गर्न थालेपछि समय काट्न सजिलो भयो । योगहरूमा ऊ पारङ्गत भयो ।
“अब तिमीले समाधि सिक्नु पर्छ ।” महागुरुको आदेश ।
“समाधि के हो ?” ऊ त्यहाँ बस्दाबस्दा निडर पनि भई सकेको थियो ।
“आफैले जानेपछि थाहा पाउने छौ ।” महागुरुले भन्नासाथ तीन जना शिक्ष्यहरूले बखतेलाई सक्दो भकुर्न थाले । उसको ‘आइया ऐया’ले छाप्रो गुञ्जायमान भई रह्यो । शरिरको मर्मस्थलतिर पनि अन्धाधुन्द हिर्काईरहेका थिए । रगत नाक मुख र शरीरका विभिन्न अङ्गहरूबाट चुहिरहेको थियो । दुखाइ खप्न नसकेर अन्तमा बखते बेहोस भयो । असह्य शारिरीक कष्ट पीडा भएमा बेहोस हुनु कष्टबाट छुटकारा पाउने शरीरको अचुक उपाय हो । बखतेको शरीरले पनि त्यही उपाय अवलम्बन ग¥यो ।
बखते दिनभरि नै बेहोस भयो । उसले सास फेरिरहेको छ कि छैन एक जनाले भने नियालिरहेको थियो । राति बेहोस उसको शरीर जिउँ बाउँडिन थाल्यो । ज्वरो पनि हनहनी आयो र बरबराउन थालेको थियो — “आमा, बुबा, भाइबहिनी, ठूल्दिदी... म म... आउँदै छु ।” चिच्यायो र फेरि निधाएजस्तो भयो ।
अर्को दिन बखतेको चेत खुल्यो । उसलाई पर्खिरहेको शिष्यले महागुरुलाई खबर ग¥यो । महागुरु र उसलाई गोद्ने शिष्यहरू आए । फेरि कुट्ने भए भनेर ऊ डराएको थियो । तर महागुरुले त उसको शरीरभरिको घाउ, निलडाम सुमसुमाउदै सोध्यो “अझै दुख्दै छ ? तिमीलाई कस्तो भईरहेको छ ?” महागुरुको मीठो बोली ।
कटकटि शरीर दुखिरहेको भएपनि बखतेले दुखेको छैन भन्ने संकेतका लागि टाउको हल्लायो ।
“अँ तिमी समाधिका लागि योग्य भयौ । घाउँचोट, कुटाइ दुखाइ कष्टका विरुद्ध तिम्रो शरीरमा प्रतिरोधात्मक क्षमता विकास गर्ने शक्ति छ, स्याबास फुच्चे केटा ।” भन्दै महागुरु हाँसे “हा...हा.. हा..।”
हामा हा मिलाउदै शिष्यहरू पनि हाँसे “हा..हा..हा...।”
केही बेर हाँसिसकेपछि महागुरुले भन्यो— “दुई दिन आराम गर्न देओ । त्यसपछि फेरि समाधि योग सिकाउनु थाल्नु पर्छ ।”
दुई दिन बितेर तेस्रो दिनमा फेरि ती तीन शिष्यहरू आएर पहिलाजस्तै कुट्ने हिर्काउने र भुइमा पछारेर थचारेर रगतपक्ष पारे । उनीहरूको यस्तो निर्दयी कुटाइ पिटाइ सहन नसकेर बखते पनि क्रुद्ध भएर उनीहरूमाथि जाईलाग्यो ग । आपूmले सक्दो कुटने हिर्काउने ग¥यो । सानो केटाको कुटाइ उनीहरूलाई केहीजस्तो भएन त्यो देखेर बखतेले आपूm अगाडि आउनेलाई टोक्ने चिथार्ने ग¥यो । झुण्डिएर कपाल लुच्दा पनि केही नलागेर लौरो टिपेर आक्रमण गरिरह्यो ।
“स्वाबास् ! हामी तिमीभित्र अन्यायको विरोधमा जुझारु क्षमता भएको देखेर प्रसन्न भएका छौँ ।” यसो भन्दै तीनै जना हाँसे । “बिष नभएको साँप र इख नभएको मान्छे काम लाग्दैन । तिमी इखालु छौ र मृत्युञ्जय समाधि सिक्न सफल हुने छौ ।” भनिसकेपछि फेरि उनीहरूले उसलाई कुट्न थाले । बखते पनि हात फर्काउथ्यो, रीसले झम्टन्थ्यो तर ती ठूला लाठेहरूले कुटेर पछारेर मर्मस्थल अङ्गहरूमा हिर्काएर बेहोस बनाएरै छाडे ।
बखते– कुटाइ खानु, बेहोस हुनु, शरिरभरि चोटैचोट, निलडाम घाउँ, रगतको आहालमा डुब्नु कति पटक हो कति पटक ! त्यहाँबाट उम्केर कतै भागेर जान पनि ऊ सक्तैन । अलिक सञ्चो भयो कि बेहोस नभइन्जेल कुटाइ खाई रहन्थ्यो ।
पटक पटक कुटाइ खाएपछि बेहोस अचेत हुँदै बौरिने बखते यस पटक त म¥यो कि क्याहो ? सासै फेर्न छाडेको थियो । शरीरबाट रगत पनि बग्न छाडेको थियो । शरीर चिसो लास भएको थियो । महागुरु आएर छामे, जिउँदो शरीरको कुनै लक्षण थिएन । पानी छम्किन थाले । निकै बेर पछि मरिसकेको बखतेले सास फेर्न थाल्यो ।
“सफलता ! यो केटो ! समाधि सिक्न सक्ने दिव्य केटो भेटियो ।”
कुटाइ खाँदै बेहोस हुनु, अचेत हुनु र मर्नु अनि फेरि आफै बौरिनु बखतेको लागि सामान्य हुन थाल्यो । तापनि असह्य पीडासहन नसकेर ऊ पनि आक्रमक बन्दै गईरहेको थियो । कतिबेला आएर कुटपिट गर्न थाल्ने हुन् ? त्यसबाट बच्न ऊ हरहमेसा आफ्नो साथमा लाठि राख्न थालेको थियो ।
ती शिष्यहरू आए । बखतेले पनि लाठिले आक्रमण ग¥यो । सानो केटो बखते ती तीनजना लाठे । लाठि खोसेर लाठि मुक्का, लात्ताले कुटेरकुटेर बेहोस बनाए । अचेत उसलाई घाँटि थिचेर मारे नै ।
मरिसकेको बखते केही घण्टापछि बौरीयो । बखतेभित्र शारिरीक मानसिक उथलफुथल तीव्र गतिमा हुन थालेको थियो । उथलफुथल सामान्य नभएर असाधारण र अलौकिक थियो । घाउँ चोटको कष्ट खप्न सहन ऊ मानसिक र शारिरीक तयारीमा जुटिरहेको हुन्थ्यो । आफ्नो मन तन दुवैलाई नियन्त्रण गर्ने कोसिस गथ्र्याे । उसको प्रयत्न, एकाग्रता र संवेग तीव्र चरममा पुग्न थालेको थियो । ऊ शिष्यहरूसँग सक्दो लड्थ्यो र नसक्ने भएपछि आफै बेहोस अचेत हुन्थ्यो ।
स्वतः बेहोस हुने क्षमता विकास भएको थियो । बेहोस भएपछि केही घण्टापछि स्वतः बौरिन्थ्यो पनि बखते ।
शिष्यहरूले बखतेको यो नयाँ विकासबारे महागुरुलाई बताए । यो सुनेर महागुरु प्रसन्नताले नाचे ।
“असीम सफलतातर्फ हामी उन्मुख भईरहेछौँ । यो अलौकिक सफलताले हामी सबैलाई अमरता प्रदान गर्ने छ ।”
आफै अचेत वा बेहोस हुने र बौरिने शक्ति बखतेमा देखिएपछि आश्रमभरि उसको चर्चा सम्मान हुन थालेको थियो । उसको खानपिनमा पनि विशेष ध्यान दिन थालिएको थियो । ऊ जुनसुकै बेला महागुरुलाई भेट्न सक्थ्यो । महा गुरु उसलाई अर्ति उपदेश र अन्य ज्ञानगुणका कुराहरू सिकाउथे ।
अब भने उसले आश्रमको सबै भाग जुसुकै बेला आवतजावत गर्न पाउने भयो । आफै बेहोस अचेत हुन सक्ने भएपछि उसलाई शिष्यहरूले कुटेर बेहोस पारीरहनु परेन । त्यहाँ रहेका सबैले उसलाई सम्मान गर्न थालेका थिए ।
एक दिन बखतेकै उमेरमिल्दो चिटिक्क सिङ्गारिएकी एउटी केटी लिएर महागुरु आए र भने— “तिमी यिनीसँग सम्बन्ध राख्न सक्ने छौ । तिमी दुई एकापसमा मिलेर नयाँ रचना सृष्टि गर्न सक्छौ । अब तिमीहरू सँगसँगै बस्ने छौ ।”
बखते अचम्म प¥यो । केटी बत्तिस लक्षणयुक्त थिई, सुन्दरी— नाम भगवती । बखतेको नामको सोधिखोजी यसभन्दा अगाडि कहिल्यै भएको थिएन । “बखते नाम सान्दर्भिक छैन । अब तिम्रो नाम देवाधिपति मैले नामकरण गरेँ । सबैले तिमीलाई देवाधिपति भनेर बोलाउने छन् ।” महागुरुले भने ।
बखते अब देवाधिपति भयो । महागुरुको आज्ञानुसार देवाधिपति र भगवती एउटै कोठामा सँगै बस्थे, खान्थे । उनीहरू बीच ‘मायाप्रिती हुनु पर्छ ।’ भन्ने महा गुरुको आदेश थियो ।
मायाप्रिती पनि कसैको खटनमा हुन्छ र ? गुरुको आदेशले हो कि उनीहरू बीच मायापिरती बस्न थाल्यो रे भन्ने सुनेर महागुरु खुशी हुन थालेका थिए ।
स्वस्पूmर्त बेहोस वा अचेत भएर मरेजस्तो हुन सक्ने क्षमता ती दुवैमा थियो । ती दुईबाट प्रयत्न भएमा उमेरभन्दा अगाडि उमेरको छेकबारले रोक्न नसकि सन्तान जन्म्यो भने त्यसलाई सर्वशक्तिमान महामानव बनाउन सकिने धारणा महागुरुको थियो । त्यस्तो हुन सक्छ भन्ने उनको आशा थियो ।
अचेत बेहोस हुने मात्र नभएर पूरा मर्न सक्ने अभ्यासमा ती दुईलाई महागुरुले निर्लिप्त बनाई रहेका थिए । मर्नु, लास हुनु र फेरि बौरिनु ती दुईको कडा समाधि अभ्यास चलिरहेको थियो ।
कैयौ दिनहरू बित्यो । झरि पर्न थालेपछि बर्षा लागेछ भन्ने थाहा हुन्थ्यो । फेरि झरि थामियो, हिउद लाग्यो । बर्षा लाग्यो ।
महागुरुको आदेशानुसार ती दुईलाई निर्वस्र पारेर रातमा एकै ओछ्यानमा सुत्न लाउथे । कुनै अप्राकृतिक सम्बन्ध भए सिद्धि प्राप्त हुने भ्रामक मनसाय थियो । ती दुईले केही उच्च मृत्यु समाधि हासिल गरेका भए पनि स्वतन्त्रता गुमाएका साधनासाधक बाहेक आफूखुसी केही गर्न पाउदैन थिए । दिक्क उकुसमुकुस भएर सल्लाह गरे ।
“हिउद लागेपछि भाग्नु पर्छ ।” भगवतीले भनिन् ।
“कसरी भाग्ने ? कता भाग्ने ? हिसंक जानवरहरू चारैतिर छन् । घना जङ्गल छ ।” देवाधिपतिको जवाफ ।
“म जङ्गल छिचोलेर वस्तीसम्म पु¥याउन सक्छु । जङ्गली जानवरहरूलाई वशीकरण गर्न सक्छु र तिनीहरू भयानक हुँदैनन् । वस्ती पुगेपछि हामी स्वतन्त्र हुने छौँ, त्यहाँ पुगेपछि हामी आआफ्नो बाटो लाग्ने छौँ ।”
“के त्यहाँ पुगेपछि हामी छुट्टिने छौँ ?”
“त्यहाँ पुगेपछि हामी आपूm आफ्नो मालिक हुने छौँ । भगवती र देवाधिपति हुने छैनौँ । म म हुने छु ; तिमी तिमी नै हुने छौ पूर्ण पूर्ण ।”
एकाबिहानै भगवती र देवाधिपति आश्रम छोडेर हिँडे । त्यो थाहा पाएर महागुरु र शिष्यहरू उनीहरूलाई रोक्न आएका थिए ।
भगवती मन्त्र उच्चारण गरेझैँ के के फलाक्दै फनफनी घुमिन् । देवाधिपतिलाई पनि घुम्न भनिन् । दुवै फनफनी घुमि रहे । केही बेरमै उनीहरू दुई जना बाहेक सबै अचेत बेहोस भएर लडे ।
भगवती र देवाधिपति आश्रम छाडेर हिँडे । कैयौं दिन हिँडेर नौलो वस्ती पुगे ।
५. नौलो वस्ती
अतृप्त जिब्रोझैँ मानिस पूर्ण तृप्तिको खोजीमा
भौतारीरहेकै हुन्छ नौलो पथ नौलो बस्तीहरूमा
“अब हामी— हामी । तिमी बखते हौ । म भगवती होइन ।” नौलो वस्ती पुग्नासाथ भगवतीले भनी “अब हामी आफ्नो आफ्नो बाटो लागौँ !”
भगवती बेतोडसित दौडेर गई । बखतेले केही भन्नै पाएन । किंकर्तव्यविमुढ बखते ! कुदेर भगवतीलाई भेट्नुपर्छ भन्ने चेत पलाएपछि तिनी गएको बाटोतिर ऊ पनि कुद्यो । निकै बेर कुद्दा पनि भेट्न सकेन । हतोत्साहित निरास भएर भुईँमा थचक्क बस्यो ।
मानिस मानिसको सहायता, सङ्गत, सहचार्य र सहकार्य बिना बाँच्न सक्तैन । मानिससँग फेरि मिसिन पाएको छु भन्ने सोच पलाएपछि भगवतीसँगको विछोडले उब्जाएको उसको पीडा कम भयो ।
विलुप्त भगवती भगवती हैन रे, उसलाई अब भेट्न सकिदैन । ऊ एक्लै स्वतन्त्र बाँच्न चाहन्थी र उसलाई छोडेर भागी ।
आफ्नो आफ्नो बाटो; आफ्नो आफ्नो गन्तव्य !
एक्लो बखतेले चारैतिर हे¥यो । पहाड होइन । ठूलो मैदान, समतलभूमि, तराइ मधेस भनेको यही होला । कसलाई सोध्ने ? पर निकै पर वस्ती देखियो । घरहरू, बोटविरुवा, ठूलो फाँटभरि पहेलै तोरी फुलेका । अहा, कति आकर्षक मनमोहक ! आफूले नव जीवन पाएको अनुभूत गर्न पुग्यो बखते ।
थकाइ मरुन्जेल बसेर ऊ वस्तीको एउटा ठूलो घरमा पुग्यो । त्यहाँ थुप्रै मानिसहरू थिए, केही मानिसहरू त हातहतियार लिएर बसेका पनि थिए ।
नौलो वस्तीमा नौलो केटो ।
“को हौ तिमी ?” एउटा मान्छेले पेस्तोल ताकेर उसलाई सोध्यो । अरुहरूले पनि उसलाई घेरे ।
“म बखते ।”
“कहाँबाट आइस् ? सरकारी सुराकी होस् कि ...। सबैजना सतर्क भई बस ।”
गड्याप गुड्युप । सबै हतियारधारीहरू पोजिसन लिएर बसे भने अन्य मानिसहरू भागदौड गर्न थालेका थिए । एक जनाले कडा स्वरमा आदेश दिए— “घरभित्र शान्त भएर चुपचाप बस्नुहोला सबैजना । हामी जनसेना छौँ तपाईँहरूलाई केही हुन दिन्नौँ ।”
तीन जनाले उसलाई पक्रेर कोठामा लगे । सोधपुछ थालियो “को हौ ? किन आयौ ? नाम केहो ? कहाँबाट आयौ ?”
“म बखते, जङ्गलबाट भागेर आएको... ।”
“कोसित आयौ ?”
“भगवतीसित ।”
“खोइ भगवती ? को हो भगवती ?”
“भगवती उता दौडेर गइन् मलाई यहाँ छाडेर । भगवती मेरो आश्रमको सहधर्मिनी हुन् ।”
“यसलाई गुमुत हुनेगरी कुटेपछि मात्र सही कुरा बताउछ ।” भन्दै के कुट्न थालेका थिए बखते बेहोस अचेत भईगयो ।
”एइ.. ओई भान्जा !”
”को ? म ?”
“अँ, हो । तिमी मेरो भान्जा ।”
“कसरी म भान्जा ?”
“तिमीजत्रा केटाहरू सबैैै मेरा भान्जा र केटीहरू भान्जी ।”
“तपाईँ चाहीँ को हो नि ?”
“म मामा नि । तिम्रो आमा मेरो बहिनी भएपछि तिमी मेरो भान्जा । कसरी यहाँ आई पुग्यो ? बहिनी सञ्चै छिन् ?”
आमाको कुरा आउनासाथ बखतेको भित्री मन एक तमासको भएर आयो । भित्र एउटा सम्झनाको तुफान मुस्लो उठेर आयो र घाँटिमा ठ्याक्क अड्कियो । हिक्क हिक्क भयो । आमाबाबु र भाइबहिनीको परिवारको सम्झनाले आँखामा आँसु ल्याएरै छोड्यो । भलबाढिमा बगिरहेकी आमाको झल्याकझुलुक देखिने टाउकासँगै माथि उठेका बोलाईरहेझैँ लाग्ने हातहरू !
“मामा ।” बखतेको स्वर काँप्यो ।
“भन भान्जा भन । नहिच्किचाई भन ।”
“आमा त भलबाढिले बगाएर मरिसकिन् । बाबु, भाइबहिनी र बा¥हबिसेको सुकुम्बासी दस परिवार भलबाढिले बगाएर मरे । म मात्र त्यहाँ नभएकोले त्यस वस्तीका मानिसहरूमध्ये बाँचेको हुँ...” हिक्का छाडेर बखते रोयो ।
“हा, सबै बगे !” आश्चर्यको भाव मामाले व्यक्त गरे ।
पर उभिएर हेरिरहेकाहरूलाई मामाले भने— “यी सुराकी होइनन् । दुःिख केटो रहेछ ।” सुन्नासाथ ती मानिसहरू गए । मामा र बखते मात्र त्यहाँ रहे ।
“तिम्रो सबै कुराहरू सुनिसकेपछि लाग्छ, मपनि तिमी जस्तै दुःिख परिवारमा जन्मि हुर्केको मान्छे हुँ । मैले पनि यो संसारमा मनलाग्दी स्वास फेर्न पाएको छैन । मनलाग्दी बाँच्न पाएको छैन । मेरो बाल्यकाल त दुःखैमा बित्यो, त्यसलाई फर्काउन सकिदैन । तर म तिम्रो बाल्यकाललाई केही हदसम्म सुखकर र उर्वर बनाउने कोसिस गर्ने छु, भान्जा ।”
“मलाई भान्जा भन्नुभयो । मेरो संसारमा कोही छैन भन्ने लागिरहेको बेला...”
“म मामा भएँ, होइन ?” गलल मस्तसित मामा हाँसे । बखतेलाई पनि हाँस्न करै लाग्यो ।
उन्मुक्त हाँसोले अपनत्वको बतास ती दुई बीच चल्न थाल्यो । नयाँ भान्जा पनि मामासित खुल्न थाल्यो । धक नमानि आफ्नो कुरा भन्न सक्ने भयो ।
“यो वस्तीबारे मलाई बताउनुहोस्, मामा ।”
“यो सुकुम्वासी नौलो वस्ती हो । ऐलानी जग्गामा बसोबास गरिरहेका हामी कोही कहाँबाट कोही कहाँबाट आएर एक परिवार भएर बसिरहेका छौँ । यहाँ कोही ठूलो सानो छैन । सब समान र साझा गन्तव्यतर्फ बढ्न सक्ने एकआपसमा एकाकार भएको एउटा परिवार भएका छौँ ।”
मामाको कुरा सबै नबुझे पनि चाख मानेर बखते सुनिरहेको थियो । मामाले उसलाई वस्ती घुमायो र सबैसित चिनाजाना गरायो । अन्तमा मामाले उसलाई पाठशालामा लगेर भने — “भोलिदेखि तिमीले यस पाठशालामा पढ्न थाल्नु पर्छ । पढाइले तिमीलाई जीवन बुझ्न र जीवनमा अगाडि बढ्न मद्दत गर्ने छ । पढाइ र शिक्षाले मानिसलाई सोच्ने तरिका र उन्नत वैज्ञानिक सोच सिकाउने हुन्छ ।”
पाठशालामा मामाले बखतेको नाम मापुरुष लेखाए । त्यो पाठशाला अरु पाठशालाजस्तो कक्षामा पढाएर उत्तिर्ण भएको प्रमाणपत्र बाड्ने नभएर जीवनोपयोगी शिक्षा दिने, जीवनमा आवश्यक पर्ने हिसाबकिताब गर्न सिकाउने र साना साना सिप सिकाउने पाठशाला थियो । सबै वस्तीका वासिन्दाहरूले मिलेर खोलेका थिए । बखते मापुरुष भएर त्यहाँ पढ्न थाल्यो ।
ऊ त्यहाँ पढ्दापढ्दै झरि प¥यो, थामियो । एक वर्ष बित्यो । त्यो समयमा कडा परिश्रम गरेर उसले पढ्न लेख्न सिक्यो ।
मामाले एक दिन उसलाई फेरि ठूलो हलमा लगे । त्यहाँ मानिसहरू हातहतियार चलाउन सिकिरहेका थिए ।
एक जना प्रशिक्षक भनिरहेका थिए— “साथीहरू ! जो लड्न सक्तैन ऊ दास नोकर बन्छ । आफ्नो रक्षाको लागि पनि आफू हरतरहले सबल, सक्षम र शक्तिशाली हुनु पर्दछ । परिआयो भने बिद्रोहमा पनि उत्रिनु पर्ने हुन्छ । हातहतियार बन्दुक चलाउन जान्नुपर्ने हुन्छ र हामी गोप्यतासाथ हातहतियार चलाउन सिकिरहेका छौँ । पूरा ध्यान दिएर सिक्नु होला ।” सबैले ताली बजाएर समर्थन जनाउछन् ।
“तिमी सानै छौ । ठूलो बन्दुक बोक्न उचाल्न सक्तैनौ । पेस्तोल चलाउन सिक । बन्दुक भने अरुले चलाएको राम्ररी हेर ।” मामाले भने र मामा आफैले उसलाई पेस्तोल हान्न सिकाए ।
प्रशिक्षण तालिम सकिएको दिनको सभा समारोहमा केही वक्ताहरूले बोलेका थिए जसको सारसंक्षेप यस प्रकारको थियो ।
सामदेवको भनाइ— “मानिस हुन वा आफ्नो मालिक आफै बन्न शारिरीक र मानसिक रूपमा स्वास्थ्य हुनु पर्छ । तन मन ठीक हुनु पर्छ । शारिरीक तन्दुरुस्ती त शरीर वा मान्छे देख्दा नै थाहा हुन्छ । मानसिक अवस्था भने झट्ट हेरेर थाहा हुँदैन । मन भनेको सोच हो । सोच महत्वपूर्ण हुन्छ । सही सोच भएमा मानिस सही बाटोमा हिँड्छ । सोच्न सक्ने क्षमता नभएर सोच नभएको मानिस अर्काको दास बन्छ । आफूले के गर्नुपर्ने हो ? सोच्न नसकेर अरुकै आदेश र खटनमा बस्नुपर्ने बाध्यता आम मान्छेहरूको रहेको छ । जब तपाईँको सोच हुँदैन, आफ्नो शक्ति थाहा हुँदैन । गन्तव्यहीन भएर अर्काको खटनमा बसिरहको पनि थाहा नभएपछि दास जीवनबाट मुक्त भएर आफ्नो मालिक आफै हुने सोच नै आउदैन, सोच नआएपछि प्रयत्न गर्ने कुरै हुँदैन । आपूmलाई आफ्नो मालिक बनाउन मानिस हरतरहले योग्य र सक्षम हुनु पर्छ । योग्यता र सक्षमता शिक्षा र तालिमले दिने भएकैले शिक्षा र तालिम महत्वपूर्ण छ ।
सोच भएपछि गन्तव्य हुन्छ । गन्तव्य पुग्न मानिस क्रियाशील बन्छ । सफल क्रियाशीलता काम गर्ने क्षमतामा निर्भर रहने हुँदा तालिम र अभ्यास गरिरहनु पर्छ ।”
बलबहादुरको भनाइ— “सोच आफ्ना लागि हो साथै समाज र देशका लागि पनि हो । सम्पूर्ण मानव लाई उन्नयनको बाटो अग्रसर गराउने सोच बन्न नसक्दा आजसम्म मानिसहरूले अनेकौं युद्ध झेलेका छन् । युद्धबाट पार पाउन र विश्व शान्ति कायम राख्न आजसम्मका उल्टो सोचमा आधारित उल्टो मानव यात्रा सुल्टोतर्फ थाल्नु पर्दछ ।”
ब्ुद्धिकर्णको भनाइ— “आजसम्मका तथाकथित मानव सभ्यता केही मुट्ठीभर टाठाबाठा र धुर्तहरूले आफ्ना साना समूहको रक्षाखातिर निर्माण गरेको दर्शन, साहित्य र सोच र त्यसमा आधारित वर्र्गीय संगठन, सामाजिक संरचना र बनोटले बहुसंख्यक आममान्छे भ्रमहरूका श्रृङ्खलामा जेलिएर सबल सकारात्मक सोचको अभावमा बत्तिमा पुतलिझैँ होमिने झुल्सिने विवश बचाइमा हुन्छन् र त्यस्तो दुःखको सागरमा डुबिमर्ने परिवेश रहुन्जेल सर्वसाधारण सदैव दास, नोकर रहि स्वतन्त्र जीवन देख्न भोग्न नपाई माकुरी जालमा परेको किरा फट्याङ्रा सरह मात्र भईरहने छन् ।”
हरिदत्त को भनाइ— “मन र तन दुवै सर्वसाधारण आम मान्छेको हातमा उनीहरूका आफ्नो अधिनमा नहुँदा उनीहरूको आफ्नो हितको सोच र सो अनुकुल कार्य गर्न सकिरहेका छैनन् । उनीहरू दास हुनकै लागि जन्मेका हुन् भन्ने सोचले मगज र शरीर दुवैका मालिक उनीहरू आपूm हुन सकिरहेका छैनन् । जबकि परिश्रमी उनीहरू नै धरतीका वास्तविक मालिक हुन् ।”
सोच के हो ?
बाटो हो । उज्यालो हो । गन्तव्य हो । क्रियाशीलता हो । शक्ति हो । उद्देश्य प्राप्ति हो । आफ्नो मुक्ति पनि हो । सोच जीवन हो । सोच जीवनको प्राणको पनि प्राण हो ।
मापुरुषले सोचबारे केटाकेटी दिमागले जति सोच्न सक्थ्यो सोच्यो । धेरथोर सोचबारे बुझ्यो । बाटो भएन भने कहाँ अगाडि जान सकिन्छ र ? उज्यालोमा त संसार देखिन्छ । गन्तव्य, सक्रियता, शक्ति र स्वअस्तित्व सोचले दिन्छ । सोच नभएमा मानिस मानिस हुँदैन, अर्काको दास बन्छ, तसर्थ मानिस बन्न आफूभित्र सोच हुनु पर्छ । सोच्न थालौँ र सोच्ने सामथ्र्यको विकास गरेर आफ्नो मालिक आफै बन्न सकिने रहेछ ।
कता कता मापुरुषलाई सोचबारे धुमिल धारणा बन्न लागेको आभाष हुन थालेको थियो । सोच ज्ञानमा आधारित हुने हुनाले ज्ञान वृद्धि गर्ने पुस्तकहरू चाख मानेर पढ्न थाल्यो । पढेर केही लेख्न पनि उसले थालेको थियो ।
एक दिन त्यस वस्तीका ऊ समेत साना केटाकेटीहरूलाई मामा र साथीहरूले जङ्गलमा लगे । भने— पुलिसले नौलो बस्तीमा कारवाहि थाल्ने भएको छ भन्ने सूचना पाएकोले हामी सबै यो जङ्गलको सुरक्षित ठाउँमा आएका छौँ । नआत्ति बस्नु ।”
नौलो वस्तीको पाकेको बालीनाली सामन्तहरूले लुट्नका लागि पुलिस र सेना ल्याएका थिए । दोहोरो भिडन्त गराएर मामा र साथीहरूलाई मुठभेदमा मार्ने योजना थाहा पाएर उनीहरू भागेर जङ्गल आएका थिए ।
बखते फेरि जङ्गलभित्र आईपुग्यो । पहिला जङ्गलमा ऊ देवाधिपति भयो । दोस्रो पल्ट ऊ मापुरुष भएको थियो । त्यहाँ ठूला मानिसहरू करीब सय जना जति थिए । जङ्गलभित्रै क्याम्प खडा गरेका थिए । खानारासन बमबारुद गोलीगट्ठा सबको व्यवस्था थियो ।
केटाकेटीहरूलाई पनि दुस्मनको कसरी सुराकी गर्ने र दुस्मनबाट कसरी बच्ने जानकारी र तालिम दिइयो ।
नौलो वस्तीको धान मकै अन्न, वस्तुभाउ र मूल्यवान सामानहरू नक्कली लालपुर्जा निकालेका सामन्तहरूले लगे । विरोध जनाउने दुई महिलालाई लछारपछार गरेर पुलिस र सेनालाई बुझाए । पुलिस र सेनाका जवानहरूले अनेक यातना दिँदै गोली ठोकेर ती दुई महिलालाई मारे ।
यो थाहा पाएर मामा र भूािगत बिद्रोहीहरूको खुन उम्लेर आयो । रातिको समयमा आक्रमण गरेर सामन्त र भिड्न आएका पुलिसहरूलाई मारे । सामन्ती सखाप अभियान चलाउने निर्णय गरे । तर उनीहरूका ज्यान पनि खतरामा परेकोले उनीहरू चारतीर भूमिगत भई छरिने निर्णयमा पुगे ।
“मापुरुष र साना भान्जाभान्जीहरू ! हामी तिमीहरूलाई सँगै लैजान सक्तैनौँ । हाम्रो त ज्यान खतरामा छ, तिमीहरूका ज्यान पनि खतरामा पार्न हुँदैन । धेरथोर तिमीहरूले पढ्न लेख्न जानेका छौ । कही कतै गएर आफ्नो भावी जीवन सुखद बनाऊ । बाँच्नका लागि हिम्मति भई संघर्ष मैदानमा जाऊ ! प्यारा भान्जाभान्जीहरू बिदा !”
यति भनेर मामा र साथीहरू एक्लाएक्लै चारतिर लागे । अभिभावकविहीन त्यहाँ छोडिएका केटाकेटीहरूका आँखा रसाए ।
अध्याय— दोस्रो
बिरुवा झङ्गिदै
१. सहरी रमझम
सांसारिक जीवनको सौन्दर्य
सक्रियता, सेवा, संयम र धैर्य
यति धेरै मान्छेहरू ! किसिम किसिमका मान्छेहरू सडकमा बगिरहेका छन् । कसैलाई कसैको वास्ता छैन । आफ्नै धुनमा कता कता गईरहेका होलान् ? ओहोर दोहोर गरिरहेका छन् । सहर त मान्छेहरूको समुद्र पो रहेछ ।
बखतेले चारैतिर हे¥यो र सोच्यो । चिनेको कोही छैन । कहिल्यै नदेखेको सहर । उसको परिवार बगाउने नदीबाट भाग्दाभाग्दै ऊ यहाँ आईपुगेको थियो । अझै ऊ मृत्युदेखि भागिरहेको छ । हिँडिरहनु बाँच्नु हो । बाँच्नु ठूलो हो भन्ने सोचले उसलाई हिँडाईरहेछ र ऊ हिँडिरहेको पनि थियो ।
चारपाँच जना ऊ जत्रै केटाकेटीहरूले उसलाई घेरे र भने—“तिमी हामीजस्तै छौ । सौतेनी आमा कि सौतेनी बाबुको कुटाइ पिटाइबाट भागेका हौ ? तिम्रो यो सहरमा को छ ?”
बखतेले कोही छैन भन्ने संकेतको लागि टाउको हल्लायो ।
“तिम्रो पनि हाम्रोजस्तै कोही रहेनछ । तिमी हामीसँगै बस ।” एउटी केटीले भनी ।
बखतेलाई पनि केही आपत्ति थिएन तर नबोली बस्यो । त्यो खातेहरूको हुल हिड्न आटेको थियो । त्यही अघि बोल्ने केटीले उसलाई तान्यो । ‘एकसे भला दो’ एक्लैभन्दा तिनीहरूसँग उत्तम भन्ने सोचेर उनीहरूको साथमा गयो ।
खाते केटाकेटी ! दिनभर यताउता भौतारियो । कतै फालेका खाने चिज भेटिए खायो । बिक्ने चिजहरू भेटिए जम्मा ग¥यो । बेचेर आएको पैसाले केही खायो । बस्नका लागि सहरको खालि चउर, थोत्रो घर, पाटि र फुटपाथ; ओड्नका लागि सिङ्गो आकाश । उनीहरूसँग बसेर उसले सहर घुम्यो र सहर चिन्यो ।
दिनरात बितिरहेको थियो । ती दिनहरूमा उसित पहिलो पल्ट बोल्ने केटी जुनेली उसित झन्झन् झ्यामिदै थिई । त्यो झुण्डको उभन्दा अलिक ठूलो एउटा केटो गुमानेलाई यो मन परिरहेको थिएन । ऊ बखतेलाई कुटेर त्यो झुण्डबाट खेद्न चाहन्थ्यो । त्यस केटाले बखतेलाई आक्रमण ग¥यो तर बखतेले नौलो वस्तीमा सिकेको आत्मरक्षाको तौर तरीका प्रयोग गरेर जित्यो ।
जीवन युद्ध रहेछ, जितुवा बखते जुनेलीको आँखामा झन् माथि उक्लियो ।
“यसरी यो मगन्ते डुलुवा खाते जीवनमा केही हुँदैन । एउटा होटल मैले चिनेको छु । त्यहाँ काम गरेमा खाना र तलब पनि पाइन्छ । हामी दुई जना त्यहाँ काम गरौँ ।” जुनेलीको प्रस्ताव बखतेले मान्यो ।
होटलको नयाँ काम गिलास भाँडाकुडा माझ्ने टेबल पुछ्ने आदि । नयाँ नयाँ मान्छेहरू देख्न पाइने । कसै कसैले सुकि मोहर टिप्स पनि दिने । त्यहाँ एउटा मास्टर सधैंजसो चिया खान आउँथे । एक दिन घरको कामधन्दा गर्ने केटोको रूपमा लैजाने कुरा राख्यौ । “म जुनेलीसँग सल्लाह गरेर भन्छु ।”
जुनेली यो सुनेर अवाक् स्तब्ध भई तर भनी— “जाऊ, तर मलाई कहिलेकाहीँ भेट्न आऊ ल !” अर्कोपट्टि फर्केर जुनेलीले आँसु पुछि ।
पहिलो तलब थापेपछि मिठाईको पोका र केही पैसा जुनेलीलाई दिन बखते होटल गयो । तर जुनेली त्यहाँ थिईन ।
साहुजीलाई सोध्यो “पोइल गई । एउटा खाते केटो आएको थियो त्यसैसित गई होली ।”
बखतेले गुमाने नै हुनु पर्छ भन्ने अनुमान गरेर दिनभरि साँझ नपरुन्जेल खातेहरू बस्ने ठाउँहरू चाहा¥यो । न जुनेली भेटिइ, न गुमाने । जुनेली नभेटिएपछि मिठाइको पोका अरु खातेहरूलाई दियो ।
जुनेली ! ...जुनेली सम्झेर उसले दुई थोपा आँसु चुहायो ।
आमाबुबा, भाइबहिनी, ठूल्दिदी, भगवती, मामा र जुनेली !
सबै मेरो जीवनबाट हराए । टाढा भए । फेरि भेटिएलान् ?
बखतेले सोच्यो । ‘नमरि बाँचे दैवले साँचे’ भेट होला नि कुनै दिन । तर उनीहरू सबै छुट्दा दिएको पीडा आँसुले बगाउनै नसक्ने, कस्तो पीडा ? जीवन कष्टहीन हुँदैन कि । ‘म ताक्छु मुढा बञ्चरो ताक्छ घुडा ।’
पुरानाहरू छुटे नयाँहरू बखतेको जीवनमा जुटे । रोइरहेको मन बुझाउन मास्टरसित बसेर धेरै पढ्न लेख्न सिक्ने अठोट उसले ग¥यो । आमाको इच्छानुसार जान्नेबुझ्ने भएर ठूलो मान्छे बन्ने छु भन्ने संकल्प गरेर मास्टरसित मन बुझाएर बस्यो ।
मास्टरकहाँ उसका साथीहरू पनि आईरहन्थे । उनीहरू बीच राजनीति लगायत सामाजिक विकासका सिद्धान्तहरूबारे पनि छलफल भईरहन्थ्यो ।
सरका दराजभरि थरीथरीका पुस्तकहरू थिए । सरहरूका छलफल सुनेर ऊ ती पुस्तकहरूतिर आकृष्ट भयो । फुर्सदको समयमा उसले थुप्रै पुस्तकहरू पढ्यो । पुस्तकले उसको ज्ञानमा परिमार्जन ग¥यो र नयाँ सोच दियो । सोचले मन तह लगाउन मद्दत गर्छ । काममा एकाग्रता र सक्रियपन वृद्धि गर्छ । जाँगर बढाउँछ ।
ऊ मानसिक रूपमा परिपक्व हुन थालेको थियो ।
उसले बाँच्नका लागि ठूल्दिदीको, भगवतीको, मामाको र जुनेलीको साथ पाएको थियो । ती साथहरू... उसलाई जुनेलीको सम्झनाले पिरोल्न थाल्दा होटलमा गएर जुनेलीको खोजी गरिरहन्थ्यो । समुद्रको थोपाहरूझैँ मान्छे मानिसहरूको समुद्रमा एक एक थोपा रहेछ । सँगसँगै बगेका थोपाहरू समयको अन्तरालमा कहाँ कहाँ पुग्दा रहेछन्...
जुनेली पनि कहाँ पुगी ? कतै भेट भईहाल्छ कि ! मनमा आशा पलाई रहेको हुन्थ्यो र ऊ बारम्बार होटल गईरहेको हुन्थ्यो । जुनेलीसित भेट नभएपछि उसलाई थाहा भयो— जीवन कति पीडादायी हुँदो रहेछ ! यो उसको मनको वह थियो । ‘मनको वह कसैलाई नकह ।’
मास्टर सरले एक पटक ठट्टैठट्टामा गम्भीर भएर भने “तिम्रो नाम बखते युग सुहाउदो भएन । तिम्रो यो नामले तिमीलाई यो आजभोलिको आधुनिक जमानामा उभिन मद्दत गर्दैन । तसर्थ तिम्रो नाम समयसापेक्ष बनाउन बखतेबाट बिख्यातमान राख्दा कसो होला ?”
“सरको मर्जी ।” बखते छक्क परेको थियो । सर्पले काँचुलि फेरेझैँ उसको पनि जीवनले नयाँ रूप लिँदा उसको नाम पनि फेरिन्छ ।
बिख्यातमान !
ऊ बिख्यातमान बन्यो । मान त उसले आजसम्म पाएको थिएन नै, तापनि नाममा मान थपिएर बिख्यातमान भयो । उसले सरको कुरा मान्यो ।
अब भने बिख्यातमानलाई साल, गते र बार थाहा हुन थालेको थियो । अब भने ऊ पनि मान्छे हुन थालेको थियो शिक्षाको उज्यालोले आलोकित भएर । सरसित बसेको पनि एक वर्ष भईसकेको थियो । एक दिन सरले भने, “बिख्यातमान म केही समयको लागि गाउँ जाँदै छु । मैले गाउँ जानुपर्ने भयो ।”
“कहिले फर्किनु हुन्छ ? सर ”
“मलाई सर नभन । नामले नै बोलाऊ । मेरो नाम थाहा छ ?”
“थाहा छ सर ।”
“फेरि सर ? के हो मेरो नाम ?”
“सुवर्ण ”
“अँ, मलाई सुवर्णजी भन ।”
“सरलाई सर नै भन्छु । सर जत्तिको ठूलो मान्छे भएभने पो... सुवर्णजी भनौला ।”
“सुवर्णजी भनिहाल्यो त ।” मास्टर मज्जाली स्वस्फूर्त जोडले हाँसे “हा हा हा ”
बिख्यातमान पनि नहाँसि बस्न सकेन । दुवै एकसाथ हाँसे । हाँस्नलाई पनि साथी चाहिदो रहेछ । हाँसोले अपनत्व र निकतताको सम्बन्ध निर्माण गर्दो रहेछ ।
सुवर्णले भने “बिख्यातजी गाउँ जाने कुरा गर्दै थियौँ । गाउँ जाने कुरा । मेरा आमाबुबा वृद्ध भईसक्नु भयो । दिदीको पनि बिहे भई सक्यो । आमाबुबालाई स्याहार्ने कोही छैन । मैले विवाह नगरी भएन । बिहे गर्न म गाउँ गईरहेछु । म फर्केर नआइन्जेल तिमी स्कुलको होस्टेलमा नै भातभान्साको काम गरेर बस्दै गर । म आएपछि फेरि सँगै बसौला ।”
“कहिले फर्किनु हुन्छ ?”
“पर्सि गएर एक महिनामा फर्किन्छु ।”
मास्टर सर सुवर्ण घर गए । महिनाहरू बित्यो, वर्षहरू बित्यो तर उनी फर्केर आएनन् । त्यतिबेला टेलिफोन, मोबाइल केही थिएन, सम्पर्कको माध्यम मात्र चिट्ठीपत्र थियो । चिट्ठी लेख्न सरको ठेगाना थाहा थिएन ।
जे होस् ऊ बखतेबाट कुखुरे वैशमा टेकेको बिख्यातमान भईसकेको थियो । भातभान्सामा राम्रै दख्खल भएको ऊ प्रिन्सिपलको आँखामा परेको थियो । कक्षा आठमा पढ्ने सुबिधा प्रिन्सिपलले उसलाई दियो । काम गर्दै उसले एस.एल.सी. उत्तिर्ण गर्न सफल भयो ।
अब बिख्यातमान पनि साना कक्षाहरूमा पढाउने कान्छो मास्टर भयो । स्कुलमा पढाउदै उसले एम.ए. पास गर्दा ऊ लक्का सुन्दर तन्नेरी भईसकेको थियो । रूपवति तरुनीहरू उप्रति आकर्षित हुन थालेका थिए ।
तिनीहरूमध्ये एकजना रूपसी उप्रति धेरै आकृष्ट भएकी थिई । अनेक बहाना बनाएर भेटिरहन्थी । एक दिन त भनिहाली “बिख्यात, आइ लभ यु ।”
“हँ के भनेकी ?”
“हन, बुझेनौ ! म तिमीलाई मायाप्रेम गर्छु नि...” लजाएर आँखा झुकाई ।
बिख्यात ढुकढुकि बढेर स्वा स्वा भए । यस्तो मायाको उद्गार कहिले उसले सुनेको थिएन ।
दुवैको बीच मायाप्रिती बढ्दै गयो । बिख्यातसित विवाह गर्नका लागि न धन थियो, न घरपरिवार । प्रेममा दुःिख भएर उसले रूपसीलाई भन्यो “रूपसी, मसित धन परिवार आमाबुबा केही छैन, एक्लो टुहुरा । म तिमीलाई आफूलाई भन्दा बढि माया गर्छु तर म तिमीलाई सुख दिन सक्तिनँ । तिमी अरुसित विवाह गरेर सुखी जीवन बिताऊ । मेरो शुभकामना रहिरहने छ...”
“बिख्यात, निर्दयी तिमी ! कसरी यस्तो भन्न सक्यो ?” रूपसी घ्याक्क घ्याक्क रोई र भनि “विवाह गर्नै पर्छ र ? विवाह गरेछुभने तिमीसित मात्र गर्ने छु, नभए आजीवन अविवाहित बस्छु ।” यति भनिसकेपछि रुदै रूपसी कसैले खेद्दा भागेझैँ गरी त्यहाँबाट दौडेर गई ।
रूपसी गईसकेपछि पो बिख्यातलाई थाहा भयो— रूपसी उसको जीवनमा के थिई ? रूपसी नभएको जीवन अगाध सून्य... रूपसी बिनाको उसको जीवन... सबै मबाट हराइरहेका छन् । अब भने म रूपसीलाई गुमाउन चाहन्नँ ।
उसले रूपसीलाई भेटेर भन्यो “रूपसी, माफ गर ल । म तिमीलाई अग्घोर माया गर्छु । तिमी जीवनभर सुखी भएको देख्न चाहन्छु । म कोही आफन्त नभएको टुहुरा हुँ, घरबार सम्पत्ति पनि मसित केही नभएकोले म तिमीलाई सुख दिन सक्तिनँ भनेर तिमीलाई अरुसित नै बिहे गर भनेको हुँ ।” भन्न सक्यो कसरी ? मुटु पोल्न थालेपछि शब्दहरू पुकार भएर निस्कदो रहेछ ।
सुनिसकेपछि रूपसीले भनि “तिमी मसित विवाह गर्न राजी छौ भने म आमाबुबासित कुरा गर्छु । मलाई धनसम्पत्ति, तिम्रा आफन्तहरू चाहिएको होइन । तिमी भए मलाई पुग्छ ।”
“अझै केही दिन सोच । तिम्रो निर्णय मलाई मान्य हुुने छ ।”
बिख्यात र रूपसी विवाह बन्धनमा बाधिए ।
२.दाम्पत्य सुख
जति नै लामो रात भए पनि बिहान हुन्छ नै
पर्खन सक्नुपर्छ दुःख सुख दोहोरीरहने हुन्छ नै
बिख्यातमानले सपनामा समेत सोचेको थिएन कि यति राम्री सुन्दरी, संस्कारी र सहरी शिक्षित नारी उसको जीवन सङ्गिनी हुन्छिन् भनेर । तर भयो, उसलाई जीवनमा अतुलनीय अपार सुख आनन्द प्राप्त भयो । उसले आफ्नो जीवन सार्थक भएको सम्झन थालेको थियो ।
आफूभित्र लुकेको साहस र शक्ति प्रखर भएर आएको अनुभूतिका साथ उसको मन चङ्गा भयो । ‘मन चङ्गा भए बटुकिमा गङ्गा’ हो रहेछ । आफ्नो उर्जा उसले दाम्पत्य सुखका लागि सक्दो खर्चियो ।
उनीहरू दुई पूर्ण जोडि भएर दाम्पत्य संसारको रचना गरे । एउटाको मुस्कान अर्कोको प्रेरणा, सञ्जविनी, दुःख, पीडाहरण औषधि । एकले अर्कालाई पाएपछि सब प्राप्त भएझैँ उनीहरूलाई लाग्न थाल्यो ।
एउटा बोर्डिङ स्कुल खोले । स्कुल राम्ररी चल्यो । पैसा भएपछि विभिन्न संघसंस्थामा पनि सक्रिय हुन थाले । टोल छिमेकमा लोकप्रिय भए । उनीहरू दाम्पत्य प्रेममा पूरा डुबे र सम्झन थाले ‘जीवनमा प्रेम पाए अरु के चाहिएला र ?!’
उनीहरूका एक छोरा र एक छोरी जन्मिए पछि परिवार सुखी र पूर्ण भयो । उनीहरूले स्कुलको भवन बनाईसकेपछि आफ्नो नीजि भवन पनि बनाए । अब उनीहरू सम्पन्न परिवारमा गनिन थालिए ।
के अपुग थियो र ? नाम, दाम काम सबैको साथमा भरपुर प्रेम मायाको छेलोखेलो ! हाँकेको ताँकेको पुगिरहेको थियो ।
उनीहरूमध्ये कोही गम्भीर देखिए अर्कोले सोधिहाल्थ्यो “के भयो ?
“ठीकै छु ।” भनि नसक्दा नै मन फुरुङ्ग भई हाल्थ्यो । ‘मलाई माया गर्ने, मेरा निम्ति सम्पूर्ण न्यौछावर गर्ने कोही एक जना छ ।’ भन्ने मनमा लाग्नासाथ आनन्दको सञ्चार मन र तनमा एकसाथ भई हाल्थ्यो ।
दिनभर दुवैजना ध्यान दिएर काम गर्थे । बेलुकि राजनीति, समाज र अन्य जुनसुकै विषयमा कुराकानी गर्थे । रविन्द्रनाथ ठाकुरले ‘सुखी हुनु पर्छ भने धेरै कुराहरूमा रुची राख्नु पर्दछ ।’ भनेझैँ ती दुई धेरै कुराहरूमा रुची राखेर त्यस विषयमा बात मारिरहन्थे । एक अर्का माथिको प्रेमले विश्वासले नै दाम्पत्य सुख अविरल निरन्तर चलिरहेको हुन्छ ।
“फुटबल जगतमा पेलेलाई किन फुटबल सम्राट भनिन्छ ?”
“पेले मात्र यस्तो खेलाडि हो जो तिम्रो आाखिभौंजस्तो बाङ्गो पाराले गोल छिराउन सब्थ्यो ।”
दुवै जना मज्जालि हाँसे ।
“तिमी त सबै कुराहरूको तुलना मसित गर्छौ ।”
“तिमी बाहेक मैले के देखेको, जानेको छु र ... तिमी मात्र..”
“होला लोग्ने मान्छेको चेब्रे कुरा ।”
“चेब्रे होइन । तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन ।”
रमाइला कुराकानीले अन्तरहृदयमा बास पाइन्छ र दुई मुटु एकाकार हुन्छन् ।
“थोती बुढि ।”
“को ?”
“तिमी नि ! ८५वर्षकी दाँत नभएकी तिमीलाई मैले थोतीबुढि भनेर बोलाएको... कल्पना गर्न पाउँछु कि पाउँदिनँ ?”
“चाउरेबुढा !” खितिती हाँसी रूपसी र भनि “भन्न पाउँनु हुन्छ । म पनि चाउरी चाउरीले मुजा परेको तिम्रो अनुहार हेर्दै चाउरेबुढा भन्न पाऊँ । चाउरेबुढा !”
८५ वर्षकी थोतीबुढी र ८९वर्षका चाउरेबुढाको कल्पना गरेर दुवै आनन्दित भएका थिए । त्यो उमेरमा नाति पनातिहरूले घेरिएको कल्पनाले रूपसी र बिख्यातमान अति रोमाञ्चित भएका थिए ।
३. चुनाव
नाटक मञ्चन हामी सबै दर्शक पात्र
खेल्छौँ कहिले, कहिले फगत हेर्छाै मात्र
हावा, पानी र अन्न जस्तै जीवनको सुगमता वा सहजतालाई सुक्ष्म एवं बृहत ढङ्गले पूर्ण प्रभावित पार्ने तत्व राजनीति हो । जीवनको हर पक्षमा यसको असर हुन्छ । राजनीति जान्दिनँ गर्दिनँ भन्न पाइन्न । समाजमा बसेपछि ‘राजनीतिमा भाग नलिने हो भने आपूmभन्दा कम योग्य मानिसबाट शासित हुनु पर्छ’ भनेर प्लेटोले भनेका थिए । आज पनि लागु हुन्छ । चुनावमा समाजमा स्वच्छ छवि भएका प्रभावशाली उम्मेदवारहरूको खोजीमा रहेको एउटा ठूलो दलको आँखा बिख्यातमान माथि प¥यो । उम्मेदवार हुने आग्रह गरियो ।
“रूप्सी !”
“भन, बिख्खे ।”
“मेरो नाम बिगार्ने... ” रिसाएझैँ ग¥यो बिख्यातले ।
“मेरो नाम बिगार्ने...” रूपसीले पनि च्याट्ठिएकी अभिनय गरी ।
“उसो भए नरिसाउ न मेरी प्यारी रानी ।”
“मेरो राजा प्यारा ! भन्नुहोस् ।” दुवैजना गलल्ल हाँसे ।
“संसदको चुनावमा मलाई उम्मेदवार हुन ठूलोपार्टिले भन्दै छ । के गरौँ ? रानी”
“चुनाव, राजनीति ... के सोच्दै छौ त ? राजा”
“मेरो सोच्ने दिमाग तिमी हौ । मेले आँधि सोचेर केही हुँदैन । मेरो जिन्दगीमा तिम्रो हक लाग्छ । तिमीले नचाहेको नमानेको काम कुरा मैले गर्न हुँदैन ।”
“म अहिले नै भन्न सक्तिनँ । राजनीति फोहोरी खेल हो भन्छन् । पछार्नका लागि तिमीलाई उठाउने त हैनन् ? आमाबाबा, दाजु र टोलका मुख्य मानिसहरूसित पनि सल्लाह गर्नु पर्छ । त्यस पछि निर्णय गरौला । हुन्न ?”
“हुन्छ, महारानी”
“हवस्, मेरो महाराजा !” रसिकतामै कुरा टुङ्गियो । दुवै प्रसन्नतासाथ सयनकक्षतर्फ गए ।
बिख्यातमानले चुनाव जिते, सांसद भए । प्रख्यात भए । उसले प्रगतिको चरम चुचुरो चुम्न थाल्यो । आफ्नो सुतिथाती गरेर खाने ऊ जनताको मान्छे भयो । जनताको भाग्य बिधाता सांसद । अब उसले के भन्छ ? मान्छेहरूका कान चनाखो भयो । अब उसले के गर्छ ? मान्छेहरूले ध्यान दिने नै भए ।
रानीतिको चमत्कार ! फुटपाथको मान्छेलाई टुप्पामा पु¥याउँछ । टुप्पामा पु¥याएर साशक बनाउँछ । जनता र देशको भाग्य फैसला गर्ने अधिकारी बनाउँछ ।
ठूलोपार्टिको संसदमा बहुमत पुगेकोले सरकार बनायो । सबै पुरानाहरूलाई मात्र मन्त्री बनाउदा जनताका मन्त्रीमण्डलप्रति वितृष्णा जन्मन सक्छ भन्ने भएर केही नयाँलाई पनि मन्त्री बनाइयो । नयाँमा मन्त्री हुने बिख्यातमान पनि भए । ‘तालुमा आलु फल्नु’, उसको उन्नति दोब्बर गतिले भयो ।
मन्त्री भएपछि बडिगार्ड, आसेपासे चाकडिवाज र कार्यकर्ताहरूले घेरिने ऊ बन्यो जनताको मान्छे, देशको मन्त्री र काम लाग्ने मान्छे ! झण्डा फरर फरफराएर गाडिमा सरर...
अब रूपसीसँग पनि राति अबेला मात्र भेट हुने भयो । दिनभर काम, पार्टिको बैठक, कार्यकर्ता र अरुसँग भेटघाट, विचार विमर्श, भोजपार्टी आदि । अबेला रातिसम्म पर्खिरहेकी रूपसीलाई उसले भन्यो “मन्त्रीनी रूप्से ”
“हजुर, मन्त्री बिख्खे ।”
“अब मान्छेहरूका अगाडि बिख्खे भन्न पाउन्नौ ।”
“हामी मात्र त छौँ ।”
“भित्ताको पनि कान हुन्छ ।”
“लौ, मन्त्रीज्यु भित्तासित पनि डराउन थालेछौ !”
दुवैजना मज्जालि हाँसे । निर्दोष हाँसोले दिनभरको थकान निमेषमै मेटिन्छ ।
‘खुँखार आतङ्ककारी पक्राउ’ भन्ने शिर्षकको खबरले राष्ट्रिय र स्थानीय पत्रपत्रिका भरिएको थियो ।
बिख्यातमानले पनि पत्रिका हे¥यो । आतङ्ककारीको फोटो मामाकै हो । खबर पढ्यो नाम सुरजप्रकाश । नियालेर फोटो हे¥यो मामा नै हो । पि. ए.लाई बुझ्न लगायो, कहाँ कहिले पक्राउ परेको र कहाँ राखिएको छ ? वास्तविक नाम के हो ?
नौलो बस्तीमा पक्राउ परेको, प्रहरी र बिद्रोहीहरूको दोहोरो भिडन्तमा मामा भनिने सुरजप्रकाश पक्राउ परेको थाहा पाएपछि मन्त्री बिख्यातमान मामालाई भेट्न गए ।
“मन्त्री बिख्यातमान भेट्न आउनुभएको छ ।”
“को मन्त्री सन्त्री । म चिन्दिनँ र भेट्न चाहन्नँ ।”
“चुप लागेर खुरुक्क हिँड् । मन्त्रीको अगाडि भलादमी भएस् नत्र भरै अढाइको भाउ भेट्लास् ।”
तीन चार जना प्रहरीहरूले झ्याङ्गलझुङ्गल पारेर जेलरको कार्यालयमा पु¥याए । बिख्यातमानले नियालेर हेरे, मामा नै हो ।
“मामा, नमस्कार ।” सुरजप्रकाश उर्फ मामाले पनि मन्त्रीलाई हेरे । मन्त्री मापुरुष ।
“मापुरुष, तिमी ?!”
“के को मापुरुष ? नमस्कार गर् पाङदुरे ।” जेलर करायो ।
“ए मन्त्रीज्यु ...” मामाले बिस्तारै आश्चर्यमिस्रित भएर भन्यो ।
“मामा, म मापुरुष हुँ । त्यहाँबाट हिँडेपछि राजधानी आईपुगेँ । अनेकौं यात्रापछि आज बिख्यातमान मन्त्री भएको छु । म तपाईँको केस फाइल अध्ययन गरेर माफिमिनाहाको लागि कोसिस गर्ने छु । उहाँ मेरो मामा हुनुहुन्छ । जेलर साहेब, उहाँलाई जेलमा धेरै असुबिधा नहोस् ।”
आतङ्कारी सुरजप्रकाश मन्त्रीको मामा । ठूलापार्टिका र समर्थक पत्रपत्रिका र पत्रकारहरूले भाका फेरिहाले ‘बिचरा सुरजप्रकाश निर्दाेष रहेछन् । हुलमुलमा पक्राउ परेका रहेछन् ।’
कानुनी प्रक्रिया पु¥याएर केही समयपछि मामा छुटे । मामा बिख्यातमानकै घरमा बस्न थाले ।
“बिख्खे प्यारा... ”
“भन, रूप्से रानी”
“पत्रपत्रिका हे¥यो ? एकथरी पत्रिका मामाको नाम सुरजप्रकाश आतङ्कारी भएको फेहरिस्ट छापेर तिमीलाई बदनाम गरिरहेका छन् ।”
“गर्न देऊ । म डराउदिनँ । गए यै मन्त्री पद जाने हो । यी मामाले टुहुरा असहाय ममा प्राण भरेका थिए । बाँच्न सिकाएका थिए र अहिले म जे छु उनैको कारण म म हुन सकेको छु । त्यसको गुण तिर्ने एउटा अवसर पाएर केही गरेको छु ।”
“यस कुरामा तिमी खुसी छौ भने म पनि खुसी छु ।”
“धन्यवाद प्रिया । तिम्रो खुसीमा नै मेरो खुसी लुकेको छ ।”
पार्टिभित्र मामाको विषयलाई चढाइबढाइ गरेर बिख्यातमानलाई बदनाम गरी हटाएर आफ्नो गुठको मन्त्री बनाउने चालबाजि चल्न थालेको थियो । बिख्यातमानले पनि मामाको असल गुणहरूको चर्चा गरेर मामालाई पनि पार्टिमा प्रवेश गराएर सक्रिय गराइरहेका थिए । गुठ उपगुठ केन्द्रदेखि वार्डसम्म नै पुगेको भए पनि पार्टि चाहि फुटेको थिएन ।
अर्को चुनावमा पार्टिले टिकट दिने भए पनि बिख्यातमान चुनावमा उठेन । उसलाई वर्तमान राजनीति चुकुल खुस्केको पीङझैँ लाग्यो । कतिबेला भ्वाक्कै पीङ खेल्नेहरू लड्छन् । राजनीतिको साँचो राजनीति गर्नेहरूको हातमा रहेनछ । नेताहरू कहाँ निर्णायक अवस्थामा रहेछन् र ! उसको यो मनको कुरा कसैलाई भन्नुको के अर्थ र ? आफ्नै पत्नी रूपसीलाई भन्यो ।
“एक पटक नन्त्री भईहालियो । राजनीतिको चुरो पनि थाहा भो । मन्त्री भएर पनि आफूले चाहेको केही गर्न नसकिदो रहेछ । प्रशासनिक संयन्त्रको जालो, विदेशी प्रभुहरूको साङलोले बाँधिएको राजनीति । सार्वभौमसत्ता पनि अरुकै इशारामा । भ्रष्टाचारको आहालमा डुबेको ... म राजनीतिको नयाँ सुल्टो बाटो खोज्न सकिन्छ कि त्यही प्रयत्नमा लाग्ने सोचमा छु प्रिया मेरी रानी ।”
“म सहमत छु । क्षणभङ्गुर जीवनमा नपखालिने दागहरू नलागेकै राम्रो, आखिर लिएर जाने त केही होइन ।”
“कति उत्कृष्ट सोच वाह वाह ” साँच्चै बिख्यातमानले ताली बजायो । रूपसीले पनि ताली बजाएर नै उसलाई साथ दिई । दुई जोइपोइले एक अर्कालाई दिने साथमा बिपुल सुख हुन्छ । दुवै हदैसम्म हर्षित भए ।
४.कोरोना कोविद–१९
रानी बनाउँदा कानी
यस्तै रहेछ दुई दिनको जिन्दगानी
कोरोना (कोविद–१९)ले भेट्यो कि म¥यो । हावाबाटै सर्ने । सामाजिक सञ्जाल, रेडियो, टिभी, मोबाइल, मेसेन्जर सबतिर कोरोनाको त्रास र त्यसबाट बच्ने उपायबारे सन्देश आएको आएकै । सब मरीने भयो । मानव सब मासिने भयो । डरलाग्दो भाइरस, विश्वव्यापि आक्रमण ज्यानलेवा भाइरसको । संसारभरि लाखौ मरिसके र मरिरहेछन् ।
कोरोनाकालमा लेखिएको निम्न लघुकथाले त्यो समयको कहालीलाग्दो अवस्था झल्काउछ ।
(लघुकथा)
.कस्तो सन्देश ?
लकडाउनको ५२औं दिन । आज पनि बाँचिएछ भन्दै उठेको हुन्छु । लकडाउनले विकसित अभ्यस्त बानी ब्यहोरा । समय काट्ने, समाचार थाहा पाइने र मनोरञ्जन पनि दिने मोबाइल ! हात मोबाइलमा पुग्छ ।
मेसेन्जरमा
(भोलि नहोला भन्नसकिदैन )...
त्यो एक दिन...
अचानक ज्वरो आउँछ ! घाँटी दुख्न थाल्छ ! श्वास फेर्न कठिन हुन्छ ! वास्ना र स्वाद हराउँछ ! आलस्य हुन्छ ! टाउको दुख्छ ! वाकवाकी लाग्छ...!!
कोरोना–कोविद १९(अयचयलब –अयखष्म ज्ञढ)टेस्ट गरिन्छ,
३ दिनसम्म लगतार तनावमा भएपछी, जब टेस्ट पोजेटिभ आउछ....
त्यसपछि एम्बुलेन्स घरमा आइपुग्छ...
अनि...
छिमेकीहरू झ्यालबाट तिमीलाई हेरिरहनेछन्
कसैको तिमीप्रति सहानुभुति भएपनि
केही मनहरू तिमीप्रति हाँसिरहेका हुनेछन्
एम्बुलेन्ससँगआएका स्वास्थ्यकर्मीहरूले तिम्रा दैनिक प्रयोग गरिने सामग्रीहरू र लुगा राख्नु भन्ने छन् अनि...
बिचरा तिमी...
घरवालाहरू तिमीलाई एकोहोरो नियालिरहन्छन्.
तिम्रा आँखाहरू आँसु बोल्न थाल्नेछन् ...
त्यातिखेर नै.......
“ल छिटो गर्नुस्” आवाज आउछ,
एम्बुलेन्सको ढोका बन्द हुनेछ.... साइरन बज्न थाल्नेछ...
अनि त्यो टोल सिल गरिदिनेछ
अनि १४ दिनसम्म नितान्त एक्लै बस्न भनिनेछ..
२ छाक खाना त पाइएला,
तर टि.भि. मोबाइल सबै अदृश्य हुनेछन्..
बन्द कोठाको पर्खालमा अतीत अनि भबिष्यको दृश्य देखिन थाल्नेछन्...
यदि तिमी ठीक भए त... ठीक...
त्यो पनि ३वटा टेस्ट रिपोर्ट नेगेटिभ आयोभने..
अनि घर फिर्ता....
तर
यदि उपचारको क्रममा कुनै अनहोनी भयो भने !
त्यो तिम्रो शरीरलाइ प्लास्टिकले रैप गरेर सिधै
शवदाहगृह पु¥याईने छ र....
सायद तिम्रा आफ्ना आफन्तका लागि अन्तिम दर्शन सम्भव नहोला !!!
मात्र परिवारलाई एउटा डेथ सर्टिफिकेट...
खेल खत्तम...
चसक्क मुटुमै बिज्छ । बाँचिएछ भने देशका लागि लडौला भनिरहेको म ! दर्दनाक मृत्युुवरणको तस्वीर आँखामा ल्याईदिन्छ यो सन्देशले । मैले अस्पताललाई गरेको शरीरदान पनि काम लागेन— सम्झन विवश हुन्छु । झल्यास्स झस्काउँछ यो सन्देशले । ल, यस्तै भयो भने पनि कसको के लाग्छ र ? धेरै मानिसहरू पिता, पत्नी र आफन्तहरूको मृत्यु देखिसकेको म सोच्न पुग्छु मर्नलाई पनि एउटा निहुँ चाहिँदो रहेछ । निहुँ कोरोना ...
सन्देश अझै रहेछ, पढ्छु
बिचरा गयो...... राम्रो मान्छे थियो
त्यसैले,
बिना कारण घर बाहिर ननिस्कौँ
बाह्य जगतको मोह अनि कुरालाई हल्का लिने बानी त्यागौँ ।
सम्झिनुहोस कि...
जीवन–अनमोल–छ ।
त्यसैले–घरमै–बसौ–सुरक्षित–बसौँ ।
पढी सक्नु भएपछि मैले जस्तै कपि पेस्ट गर्नुहोस् ।
त्यो दिन आउदैन भन्न सकिन्न शुरक्षित रहनुहोला
घरमै बस्नुहोला (क्तबथ) जयmभ )
शुरक्षित रहनु होला (क्तबथ ) कबाभ )
कस्तो सन्देश ? जरासम्मै हल्लाउने हुरीझैँ म अहिले भित्रैसम्म थरथरी भएको छु । यो नकारात्मक हो कि सकारात्मक ?
२०७७ जेठ २, लकडाउन
कोरोना कहर विश्वव्यापि; हात मिलाउनु भएन, मान्छेको भीड जम्मा हुनु भएन । भेटघाट कुराकानी बन्द । स्कुल, कलेज, बस यातायात, सिनेमा हल, कार्यालयहरू, होटल, बजार सब बन्द । मानिस भेट्यो कि कोरोना स¥यो । कोरोना लाग्यो कि म¥यो । औषधि थिएन । कोरोनाको उपचार कसरी गर्ने ? संसारभर फैलियो । बन्द; देशहरूको सिमाना बन्द । बन्द आवतजावत । लकडाउन, कडा लकडाउन ।
लकडाउन, सिमानासिल्ड, क्वारेन्टाइन, आइसोलेसन, मास्क; विश्व स्वास्थ्य संगठनको सिफारिस । विश्वलाई नष्ट गर्ने आणविक हाततियार, क्षेप्यास्र छ तर कोरोनासित लड्ने औषधि थिएन ।
नयाँ भाइरस ; के हो ? औषधि उपचार कसरी गर्ने ? थाहा छैन । आँधिबेहेरीझैँ विश्वभर फैलियो । लाखौं मानिसहरू मरे । मानव जातिमाथि विश्वव्यापि संकट । महाशक्ति राष्ट्रदेखि पिछौटे मुलुक सबै आक्रान्त । मृत्युको भय, त्रास, आतङ्क राष्टपतिदेखि सर्वसाधारण आम मान्छेसम्म सबैलाई लागिरहेको थियो— कोरोनाले मरिन्छ अहिले कि भरै ।
पूरा विश्व लकडाउन ! स्कुल क्याम्पस, कार्यालय, बजार, यातायातबन्द; भेटघाट, आवतजावत बन्द; घरभित्रै पूरा कैद, थुनिएर बस्नुपर्ने । घरको ढोका बाहिर निस्कियो कि कोरोनाले च्याप्प समातेर च्याराप्प पारी मारिहाल्छिन् । कति भयावह ! मानिस सबैभन्दा बढि अकाल मृत्युसित डराईरहेको ती दिनहरू ।
नेपाल पनि कोरोनाको चपेटामा प¥यो नै । कलकारखाना बन्द, बेरोजगार, आम्दानि नहुँदा कैयौ भोकले मरे ।
गन्ध नआउने, स्वाद नआउने, स्वास फेर्न गा¥हो हुने र खोकीआउने तथा खाना नरुच्ने भएमा कोरोनाको लक्षण भनिन्थ्यो । एन्टिजेन टेस्ट आई नसकेको हुँदा पि.सि.आर. टेस्ट गर्नु पर्ने । स्वाब बुझाएको दुई दिन पछि मात्र रिजल्ट आउने । मान्छे बिरामी भयो भने कोही भेट्न नआउने ।
कोरोनाबाट बच्ने अनेक उपायहरू अपनाउदा पनि रूपसी बिरामी भई । पि.सि.आर. टेस्ट गर्दा रिजल्ट पोजिटिभ देखियो । टोल सिल्ड गरियो । अस्पतालको एम्बुलेन्स साइरन बजाउदै आएर पिपिसीधारक कर्मचारीहरूले तिनलाई अस्पताल लगेर आइसोलेसनमा राखे । बिरामीसित कोही जान नपाइने, भेट्न नपाइने । बिरामीलाई खाना पनि सिस्टरहरूलाई बुझायो; बिरामीले खायो कि खाएन ? बुझ्न नपाइने ।
दुई हप्तापछि रूपसीको मृत्यु भएको खबर टेलिफोनबाट गरियो । बिख्यातमान र छोराछोरी दौडेर अस्पताल पुगे । उनीहरू लास हेर्न चाहन्थे । सिसाको सानो झ्यालबाट झलक्क प्लास्टिकले बेरिएको लास देखे । उनीहरू कात्रो दिन चाहन्थे तर सेनाका पिपीसी लगाएका जवानहरूले ‘पर्दैन’ भने । कोरोनाले मरेका सबै लासहरूलाई पिपीसी, ग्लोब र चस्मा लगाएका सेनाका जवानहरूले स्काभेटरले खनेको खाल्डोमा पुरेर संस्कारे कि ठेगान लगाए । करुणाजनक मृत्यु ! अन्तिम क्षणमा न बिरामीले आफन्तलाई हेर्न पाई न आफन्तले बिरामीलाई । न आफन्तले दाहसंस्कार नै गर्न पायो । दर्दनाक विछोड; वियोग !
नौरङ्गी
मानिस दुःखविहीन हुँदा सप्तरङ्गी रङ्गीन दुनियामा भुलिदो रैछ । सप्तरङ्ग त इन्द्रेनीका रङ्गहरू हुन् । अरू दुई रङ्ग ? नौरङ्गी डाँफे । डाँफेका रङ्गहरू हुन् भनि दिँदा हुन्छ । तर ति के कस्ता हुन्छन ?
सात रङ्गभन्दा अर्को दुई रङ्गहरू हुन्— असह्य शोक जब मानिसको जीवनमा घट्छ रङ्गविहीन अनुभूतिका साथ एउटा सून्य अनुभव हुन्छ । रोइरहेको आँखाले देखिने रङ्ग आठौं हो । नवौ रङ्ग अनेकौं दुःख दर्द कष्ट रिक्तता अभाव पीडा आघात सन्ताप यातना विछोड बियोगका असह्य परिस्थितिमा पनि मानिस बाँच्न चाहन्छ । त्यो जिजीविसाको अद्भुत रहस्यमयी अदृश्य रङ्ग नवौं हो ।
यसरी जीवन नौरङ्गी हुन्छ ।
र, नौरङ्गी जीवनमा सबथोक सब सब नौरङ्गी हुँदा रहेछन् !
रूपसीको देहावसानले बिख्यातमानको सप्तरङ्गी जीवन नौरङ्गी जीवनमा बदलियो । उसको नौरङ्गी जीवनको सुरुवात; ३१वर्षको सुखी दाम्पत्य जीवन सपनासरि भयो । दुःखद र मुटु चस्स चस्स घोचिरहने मृत्यु रूपसीको... ‘न सोध्न पाइयो कहाँ दुख्छ ? न स्याहार्न नै पाइयो; न लासको अन्तिम दाहसंस्कार नै गर्न पाइयो ।’ उसको मनमा बिझिरहेको थियो । आँसु अविरल बगिरहेपनि मनको ब्यथा पखाल्न सकिरहेको थिएन ।
स्कुल पनि बन्द, घरमा तीनजना मात्र बाबु र छोराछोरी । मामा पनि दुई वर्ष अघि नौलो वस्ती फर्किसकेका थिए । पत्नी नभएको घर घर हुँदैन कि ! मनभित्र सून्य घरै सून्य । जतिबेला पनि रोइरहने मन । धक फुकाएर रुन पनि सकेन । लकडाउन; कोही आएनन् । कतै जाने कुरो पनि भएन । पखेटा काटिएर मरुभूमिमा झरेको पंक्षिझै उनीहरू भएका थिए । आफै अभिभावक छोराछोरी सम्भाल्ने एक्लो पिता ऊ; छोराछोरीको अगाडि कमजोर देखिएर उनीहरूलाई झन् दुःिख बनाउनु भएन ।
गुनासो कैयौं; कसले सुनिदिने? रूपसी छैन । विषाद मनमै रह्यो । कस्तो करुण मृत्यु उसको सबैभन्दा प्रिय मानिसको... अस्पतालमा भेन्टिलेटर भएको भए तिनी बाँचिरहेकी हुन्थिन् कि !
छिमेकी देशले निशुल्क सहयोग कोरोनाविरुद्ध पिपीसी, ग्लोब, चस्मा, भेन्टिलेटर, मास्क आदि दिएको थियो । कमिसन नआउने हुँदा भ्रष्टाचारमा डुबेको सरकारले ती सामानहरू समयमा ल्याएन, समयमा ल्याएको भए भेन्टिलेटरले रूपसीको पनि ज्यान बच्थ्यो कि ! बिख्यातमान भित्रभित्रै आक्रोसित भयो । बिपत, आपत संकटको समयमा पनि कमाउने धन्दामा संलग्न भ्रष्टाचारीहरूलाई कारवाही गर्न सके अकालमा मरेका रूपसीहरूप्रति श्रद्धाञ्जली हुने छ ।
कोरोना नियन्त्रण खोप बन्यो । लकडाउनको अन्तपछि पुनः मानिसहरू सांसारिक क्रियाकलापमा फर्किए । यो बितेको दुई वर्षको कष्टपूर्ण पीडादायी अवस्थाले बिख्यातमानलाई राजनीतिमा कहाँ त्रुटि छ सोच्न विवश बनायो ।
फोहोरी राजनीतिले भ्रष्टाचार मौलायो, हर क्षेत्र दुर्गन्धित भयो । विकास नहुनुमा राजनीतिको उल्टो गति हो भन्ने उसले निष्कर्ष निकाल्यो । निमुखा सर्वसाधारण आम मान्छेहरूको स्थिति तब मात्र सुध्रिने छ जुन बेला विश्व राजनीतिले सुल्टो गति समात्ने छ । राजनीति असल भएको भए रूपसीहरूले अकाल मृत्युवरण गर्नु पर्दैनथ्यो र उजस्तैहरूले पनि यत्रो ठूलो वेदनाको सागरमा डुबिरहनु पर्ने थिएन । मानिसहरूको जीवनमा दुःखको कारक उल्टो फोहोरी राजनीति भईरहेको छ ।
असल राजनीतिले फोहोरी राजनीतिलाई विस्थापन गरेर धरती सुन्दर, रमणीय र जीवन सहज बनाउन सकिन्छ ।
५. अनुभव र अनुभूति
तिमीले सधैंका लागि छोडेर गईसकेपछि
तिमीलाई भेट्न आउन सकिने बाटो कहाँ छ ?
बिख्यातमानले केलायो— आफू अहिले कुन अवस्थामा आई पुगेको छु । आफैले आफ्नो मूल्याङ्कन, विगत जीवनको अनुभव र अनुभूति के कस्तो रह्यो ? केलाएर आफै हाँस्यो र रोयो पनि ।
अब उसका कुरा सुनेर उसलाई साथ दिने मायालु पत्नी कहाँ छिन् र ! आफै एक्लै जीवनयापन गर्नुपर्ने; गुजार्नुपर्ने एक्लो एक्लो । छोराछोरीका आफ्नै संसार छ । आमासित तिनीहरू जति आत्मिय रहन्थे, पितासँग त्यस्तो हुँदैन । उनीहरूको जीवन उनीहरूकै हो, हस्तक्षेप गर्नु हुँदैन ।
इन्टरनेटको जालोले बेरिएको विश्व; जन्मेदेखि नै हातमा मोबाइल । मोबाइलमा नै उनीहरूको समय बित्छ, मोबाइल एउटा संसार ! ऊ पनि मोबाइल र ल्यापटपमा समय बिताउछ । यी सामाजिक सञ्जालमा नभुलिने हो भने ऊ डिप्रेसनमा गईसकेको हुन्थ्यो ।
ऊ जन्मियो दुरदराजको दुर्गम गाउँमा; नदी किनारको सुकुम्बासी वस्तीमा । पेटभरि खान नपाउने परिवार । भलबाढिले परिवार बगायो । ऊ बाँच्यो टुहुरो एक्लो । धन्न ठूल्दिदी ! ठूल्दिदी कहाँ होलिन् ? छिन् कि छैनन् ? मनुष्य चोलाको के भरोसा... छिन् भने भेट होला ? बिख्यातमानको आँसु तुरुक्क चुहुन्छ । (ठूल्दिदी ! जहाँ भए पनि सुखी रहनुहोला; हुनुहुन्न भने भावपूर्ण हार्दिक श्रध्दाञ्जली !)
हो कि होइनजस्तो त्यो बाल्यकालको सुकुम्बासी वस्ती, नदी । ‘नदीमा नजानु’ आमाबुबाको चेतावनी । आमाबुबाको अनुहार पनि धमिलो अस्पष्ट उसको मानसपटमा आयो । नदीको भलबाढिमा बगिरहेकी आमा झल्याकझुलुक पानीमाथि हात उठाएर बगिरहेकी । यो त उसले बारम्बार दोहोरीरहने सपनामा पो देखेको ... । त्यो बेला पनि न आमाबुबाभाइबहिनीको लास भेटियो न लासको सद्गत गर्न पाइयो । रूपसीको पनि त्यस्तै भयो ... उसले लामो सुस्केरा हाल्यो । उफ्, मेरो कस्तो जीवन !
उसले कान्छापसले र परिवारको अनुहारहरू पनि सम्झन सकेन । उसको परिवार निल्ने नदीबाट भाग्दै ऊ कसरी रहस्यमयी आश्रम पुगेको थियो । भगवती, मुलगुरु, शिष्यहरू... उसले अचेत हुनु अनि बौरीनु कसरी सिकेको थियो । आजभोलि ऊ त्यसो गर्न सक्छ कि सक्तैन ? प्रयोग गर्न चाहन्थ्यो तर फेरि अचेत भएर बौरिएन भने रूपसीलाई अविरल सतत सम्झिरहने को होला ? अकालमा रूपसीजस्ताहरूका ज्यान जाने परिवेशको अन्त गर्ने उसको चाहना कसले पूरा गर्ला ?
फेरि रूपसी उसको सम्झनामा आयो । तिनीसित उसले बिताएको वषहरू नै उसको जीवनको सर्वोत्तम सुखका दिनहरू थिए । उसको अहिले बाँच्ने गन्तव्य आम सर्वसाधारण मान्छेहरूको जीवन असल राजनीतिको सुरुवात गरी सहज बनाउनु रहेको थियो ।
बिख्यातमान पहिला पनि कुनै कुनै बेला साहित्यिक रचना गर्थे । उसले एउटा कथा रूपसीलाई सुनाउदा ‘आँसु आउने खालको’ भनेर टिप्पणी गर्दा ऊ प्रसन्न भएको थियो । “मेरो पनि कथा लेख” एक पटक तिनले भनेकी थिइन् । “कस्तो कथा?” भनेर सोध्दा “म भन्छु नि” भनेकी थिइन् । अब तिनी नभए पनि तिनको कथा म लेख्ने छु, उसले सोच्यो ।
नौरङ्गी एकल जीवनमा बिख्यातमानको मन माझि बिनाको किस्ती तालमा तैरिरहेझैँ सम्झनाको विशाल आकाशमा भौतारीरहन्थ्यो ।
(मैले सांसारिक जीवनको सबै स्वाद बेस्वाद भनुभव गरेँ । दुःख सुख अनुभूत गरेँ । रूपसीभन्दा अगाडि मरेको भए आफ्नो सबैभन्दा प्यारो मान्छेको मृत्युले दिने असह्य पीडा मलाई थाहा हुँदैनथ्यो । ‘अपुरणीय क्षति’ कस्तो हुन्छ ? थाहा पाएँ । संसार दुःिख मानिसहरूको आँखाबाट बगेको आँसुको सागरमा तैरिरहेको अनुभूति मैले गरिरहेको छु । रोईरहेका मानिसहरू देख्दा ‘अबुझहरू रुन्छन् ’ सम्झन्थे । तर पत्नीको मृत्युमा म रोएँ । मैले थाहा पाएँ; अनुभव गरेँ रुवाइको गहनता, आयतन, भार, ओजन, गहिराइ, आकृति र स्वभाव । मानिसहरू किन रुन्छन् ? थाहा पाएँ । आँसु के हो ? किन बग्छ ? थाहा पाएँ ।
रूपसीले मलाई सबथोक दिइन् । म भन्दा अगाडि मरीन् र नौरङ्गी जीवनको भुँमरीमा मलाई छाडेर जीवनको नियम पनि सिकाइन् ।)
आँसु दिइन् । आँसु के हो ?
आँसु अरुका आँखामा पानी । दुस्मनको आँखाको आँसु आनन्द । नानीहरूका आँखाको आँसु अभिव्यक्ति— भोक, तिर्खा, निद्रा वा अरु असुविदामा बोल्न नसक्दा अभिव्यक्त गर्ने माध्यम । अरुका आँसु देखेर आँसु थाहा हुँदैन । असह्य पीडाले आफ्नै आँखाबाट बगेको आँसुले मात्र आँसुको अर्थ, मर्म र अमूल्यपन थाहा हुँदो रहेछ भन्ने अनुभव बिख्यातमानलाई अनुभव भयो, र, उसको जीवन बदलियो ।
६.मन र तन
उत्कर्ष भोगेपछि प्रेम थाहा पाएँ मनले भन्न पाए हुन्थ्यो
प्रेममै भिजेर, गलेर, तुरिएर तनले झर्न पाए हुन्थ्यो
मन अचम्मको हुँदो रहेछ । बाँध्नु भन्छन् तर बाँध्ने कसरी ? तह लगाउनु भन्छन् तर तह लगाउने के
नपुग्नुपर्ने ठाउँमा पुग्छ । समाजले बन्देज गरेको काम कुरामा रमाउछ । मनको लागि के वर्जित ? के अनुकुल ? मन परेकै रुचाउँछ र मन नपरेको गर्न मान्दैन । रूपसी हुँदा दुई जना आपसमा मनको कुरा गरेर हलुङ्गो हुन्थे । खुसी रहन्थे । बिख्यातमानको मनको कुरा अब कसले सुन्ने ? मनको कुरा मनमै कुहुन्छ ।
छट्पटिने उसको मनले तनमाथि पनि प्रभाव पार्न थालेको थियो । मन प्रसन्न नहुँदा तन पनि सुक्न थालेको थियो ।
तन छट्पटिएर मनलाई भन्छ “ए मन नबरालि । तँ बरालिँदा म सुक्दै छु । म रहेँ भने मात्र तँ रहने होस् । म तन्दुरुस्त भएमा तँ रमाउँन सक्छस् ।”
“हो तर म तँजस्तो होइन । तँ पिजडा होस् भने म पन्छि । पिजडामा थुनिएर मर्न चाहन्नँ । तँ तन मेरो बास भएकैले मन थामेर कहिल्यै आत्महत्याको मन गरीनँ । प्रियसीको मरणमा पनि मन बाँधेकै छु । नाथु तन धेरै जान्ने नहुँ ।”
तन मन निकै बेर बाझ्छन् । दुवैलाई थाहा छ एउटाको अभावमा अर्को रहदैन । सम्झौता गर्छन् । दुवै मुस्कुराएर एकाकार भए । दुब्लाउदै गईरहेको बिख्यातमान फेरि हृष्टपुष्ट भयो । ऊ र रूपसीले सँगसँगै भोगेका सुखदुःखका कथा लेख्न थाल्यो । यसरी लेख्दा समय बितेको उसलाई थाहा हुँदैनथ्यो । ‘थाहा नपाई समय बितोस्’ हरेक मान्छेको चाहना हुन्छ । थाहा नपाई बितेको समय कि त आनन्दको ; कि तन्मयतासाथ क्रियाको या ध्यानमा लिन मानव मनको तृप्तिमय अवसर हुन्छ । मन तन मिलेमा एकाग्रसित काम गर्दा समय थाहै नपाई आनन्दकासाथ बित्ने हुन्छ ।
७. जीवनका चरणहरू
आँसु र रगतको पोखरीमा वीर योद्धाहरू पौडी खेल्छन्
सधैंसधैं मृदुल लयमा वीरतासाथ जीवन–गीत गाईरहन्छन्
“अहो, नमस्ते मामा । मामा पनि आउनु भएछ । खुसी लागेको छ ।”
“नमस्ते भान्जा, आशिष छ । रूपसीको देहावसान थाहा पाउनासाथ आउन चाहन्थे तर लकडाउन । लकडाउन हट्नासाथ आएको छु । कत्रो दुःखद... ” मामाले सुक् सुक गरेर रुवाइलाई थाम्ने कोसिस गरे । छोरी बिख्यातीरूपकला र छोरा रूपेशबिख्यात पनि आए । चार जना एकसाथ भएपछि वातावरण उल्लासमय भयो ।
“जीवन । जीवनका विभिन्न चरणहरू भोग्दै जीवनको उसपार पुग्न अनेक घामछाया बेहोर्नै पर्दोरहेछ, मामा ।”
“कस्ता चरणहरू ?”
“बाँचुन्जेलको जीवन...
प्रत्येक दस दस वर्षको उमेर अवधिमा चरण फेरिँदो रहेछ । ती दस दस वर्षे अवधिको चरणहरूमा पनि ५÷५ वर्षको उपचरण र तहहरू हुँदा रहेछन् । ती चरण र उपचरणहरूमा ती तहअनुसारकै मानिसका मानसिक र शारिरीक अवस्था हुने रहेछ ।
जन्मेदेखिका नौ वर्षको उमेर अवधिसम्म केटाकेटी; अबोध निर्दोष । चार वर्षमुनिका सबै निमुखा बालबालिका, यो उमेर नै
थाहा नभई बित्ने जीवनको पालुवा बिज पलाउने उमेर । ५ देखि ९ वर्षसम्मको उमेर तीखो दिमाग हुने हुँनाले भाषा र नयाँ कुराहरू सिक्ने क्षमतावान उमेर ।”
“चाखलाग्दो तिम्रो चरणविभाजन । यस हिसाबले त मैले कहिल्यै सोचेको थिइनँ । अरु पनि भन । नातिनातिनीहरू ! तिमीहरू पनि पिताको कुरा ध्यान दिएर सुन ।” मामाले भने ।
रूपेश र बिख्यातीले एक आपसमा हेराहेर गरे । पितालाई हेर्दै बिख्यातीले भनी “सुनिरहेका छौँ । यो नयाँ चाखलाग्दो छ । बुबा अनि बाजे ।”
मामा र छोराछोरीहरूले उसको कुरामा चाख मानेकोले बिख्यातमानले प्रसंग अरु थपे “९वर्षको उमेरसम्म यौनग्रन्थीको विकास नहुने हुँदा सारा ध्यान सिकाइ र खेलप्रति जान्छ । तर त्यसपछिका चरणहरू भने फरक किसिमका हुन्छन् । १० देखि १९वर्षको चरणमा पनि १०देखि१४सम्मको र १५देखि १९ सम्मको दुई उपचरणहरूमा मानसिक र शारिरीक अवस्था तीव्र गतिले उन्नत भईरहेको हुन्छ । त्यस्तै प्रकारले (२०—२९),(३०—३९),(४०—४९),(५०—५९),(६०—६९),(७०—७९),(८०—८९),(९०—१००)का दस चरणहरूभित्र पनि पाँच पाँच वर्षका उपचरणहरू आआफ्नै विशेषता र गुणहरू भएका हुन्छन् । चरण अनुसार नै मान्छेले बाँच्नु पर्ने बाध्यता हुन्छ । यी विभिन्न चरणहरूमा मन र तन पनि ती चरणहरू अनुरूप नै हुने हुनाले मानिस जीवनभर एक नासको रहदैन । फरक फरक हुन्छ र यसैमा जीवनको सौन्दर्य लुकेको हुन्छ ।”
यति बोलिसकेपछि ऊ चुप लाग्यो । उसको मन भने पाँचौ चरण पनि रूपसीले बाँच्न नपाएकोमा चुकचुकायो र सोच्यो ऊ कुन चरणसम्म बाँच्ने होला ?
‘पानी ओरालोतिर बगेझैँ मन आनन्द, शान्ति र मनोरञ्जनतर्फ आकृष्ट हुन्छ । तर मेरो मन भने मरिसकेकी–नभएकी रूपसीकै सम्झनामा रुमल्लिरहन्छ ; सायद सम्झनामा नै मेरालागि पीडादायी आनन्द र पीडादायी शान्ति छ कि ...!’ उसले सोच्यो ।
अध्याय— तेस्रो
सुल्टो बाटो सही बाटो
१. दल बल
मुटुभित्र दुःख लुकाई मुसुमुसु मुस्कुराउने महान्
जीवनको हर पल हर क्षण परीक्षा, परीक्षा हो जीवन
‘दल बल रहेछ । सर्वसाधारण, आम र भुईँमान्छेहरूको दल नहुँदा उनीहरू एक्ला एक्ला र निम्छारा भएका छन् । उनीहरू बाँचेका छन् कि छैनन् ? दलकै बलमा सरकार र शक्तिमा पुगेकाहरूलाई चासो हुँदैन । भ्रष्टाचारको हड्डीका लागि मरिमेट्छन् । कुकुरले जसरी हड्डी चपाईचपाई खान कुकुर बन्छन् ।’ एक्लै बसेर ब्याखितमान मनमनै सोचिरहेको थियो । यो सोचसँगै उसले पढेको कविता ‘हड्डी’ सम्झ्यो ।
मान्छे भ्रष्टाचारको हड्डी खान कुकुर बन्दो रहेछ
आफैँ बेचिएपछि देश बेच्न तयार हुँदो रहेछ
यिनीहरूका पछि लाग्ने बौलाहा कुकुर बन्दो रहेछ
मान्छे कहाँ खोज्नु ? कुकुर कुकुरै संसार बन्दो रहेछ
मान्छे भ्रष्टाचारको हड्डी खान कुकुर बन्दो रहेछ ।
मान्छे कहाँ खोज्नु ? संसारै मानवताविहीन भई भ्रष्टाचारको हड्डीमा भुलिएको वर्तमान । हड्डी खान थालेपछि
विश्व रङ्गमञ्चमा आपूm मात्र नाचौँ, अरुलाई नासौँ
उल्टो यात्रा ! दासता नस्वीकार्नेलाई निमिट्यान्न पारौँ
विश्व कब्जा गर्न मानिसहरूको आलो रगतको आहालमा पौडिदै युद्धउन्मादीहरू युद्ध गरेर गराएर मानवता, भाइचारा र विश्वशान्ति ध्वस्त गरिरहेका छन् । विश्वको अनमोल साधनस्रोत युद्धमा बर्बाद गरेर गरिबी बढाउने साथै गरिब दुःिख सर्वसाधारण आम मान्छेहरूलाई तानासाहका सेनाको बुटले कुल्चेर स्वतन्त्र सुल्टो सोच्न समेत नसक्ने विवश र निरीह बनाई रहेका छन् । विश्वभरि सुपर पावरका एजेन्टहरू ! तिनीहरू मार्फत टुप्पाबाट पलाउने फोहोरी राजनीति लादिएको छ ।
ब्याखितमान उल्टो राजनीतिलाई कसरी सुल्टो पार्न सकिएला ? सोच्न थालेको थियो । उसले आफूलाई एक्लो, निर्धो सर्वसाधारण आममान्छे भित्रकै एउटा निरीह मानिस आफूलाई पायो । उनीहरूको उत्थान नभएसम्म राजनीति सुल्टो हुँदैन । सुल्टो राजनीतिका लागि सर्वसाधारण आम भुइँमान्छेहरूको सोच सुल्टो हुनु पर्छ । सोच्नै नसक्ने–नचाहने उनीहरूलाई कसरी सोच्न सक्ने बनाउने ? सोच्ने वैज्ञानिक तरीका कसरी सिकाउने ? उल्टो राजनीतिको भ्रमबाट कसरी मुक्त गर्ने ?
ब्याखितमान, मामा र काजीलाल तीनजना देशको मुख्य केही स्थानहरूमा गए । केही बुझकी मानिसहरूलाई भेटे । उनीहरूका कुरा ध्यानपुर्वक सुने ।
सम्देन— “सुल्टो सही सोचको खडेरी । मानिसहरू सोच्न नै सक्तैनन् । त्यसै भएर सोच्न नै चाहदैनन् । सही सोचको अभावमा आफ्नो अवस्था थाहा हुँदैन र उल्टो राजनीतिको हा हुँ हल्लामा रित्तो दिमागका कारण अन्ध पिछलग्गु दास नोकर । आफू आफ्नो मालिक बन्न सकिन्छ भन्ने सोच नै नभएपछि उनीहरू सदैव शोषण उत्पीडनमा पर्ने भुइँमान्छे अरुको खेलौना भईरहने नै भए ।”
माङ्मा— “तन र मन । मन सोच हो भने तन व्यवहार । सोच अनुसारको व्यवहार । सोच बाटो हो भने तन यात्री । मनले देखाएको बाटो नै उल्टो भयो भने यात्री तनको के लाग्छ ? मनलाई उल्टो राजनीतिले अनेक चमत्कारी भ्रमात्मक जालमा अल्झाएर मनलाई उल्टो बुद्धिको कैदी बनाउँछ । सही सोच नभएको मनको पछि लाग्दा तन सहिद हुन्छ । मन बराल्ने फोहोरी राजनीति । मनले आफू आफ्नो मालिक बन्ने सोच नराखेपछि बिचरा मान्छेहरू आजीवन अर्काको दास नोकर खेलौना बनिरहने हुन्छन् । पहिला सोच सुल्टो हुनु प¥यो । सोच्न सक्ने मन(मस्तिष्क), क्षमता र अवस्था भएमा सुल्टो बाटोमा जीवन हिँड्न थाल्ने छ ।”
धनकेशर— “आजसम्मका तथाकथित मानव सभ्यता केही मुट्ठीभर टाठाबाठा र धुर्तहरूले आफ्ना साना समूहको रक्षाखातिर निर्माण गरेको दर्शन, साहित्य र सोच र त्यसमा आधारित वर्र्गीय संगठन, सामाजिक संरचना र बनोटले बहुसंख्यक आममान्छे भ्रमहरूका श्रृङ्खलामा जेलिएर सबल सकारात्मक सोचको अभावमा बत्तिमा होमिने झुल्सिने पुतलिझैँ विवश बचाइमा हुन्छन् र त्यस्तो दुःखको सागरमा डुबिमर्ने परिवेश रहुन्जेल सर्वसाधारण सदैव दास, नोकर र परतन्त्रको सिकार भई स्वतन्त्र चिन्तन र स्वतन्त्र जीवन देख्न भोग्न नपाई माकुरी जालमा परेको किरा फट्याङ्रा सरह मात्र भईरहने छन् । छट्पटिएर व्यर्थमा मरिरहने हुन्छन् । सामाजिक अन्यायमा परिरहन्छन् ।”
माङमा— “मन र तन । यी दुईको साथ पाएमा मात्र मानिस क्रियाशील भईरहन सक्छ । मन सोच हो, विचार र दिशानिर्देशन तनलाई पनि हो । मनले नमानेको काम गर्न कहीले चाहदैन । मन सोच हो भने तन व्यवहार । मन बाटो हो भने तन यात्री । पहिला सोच असल हुनु पर्छ । तर अहिले त सर्वसाधारणहरू सोच्नै नसक्ने अवस्थामा छन् । यसो हुँदा अर्काको सोचमा दास बनेका छन् । सबैभन्दा पहिला उनीहरूलाई सोच्ने अवस्थामा पु¥याउन सामान्य शिक्षा, ज्ञान र आधारभूत आवश्यकताको परिपुर्ति गरिनु पर्दछ ।”
पेम्बा— “भ्रमात्मक अनेक इस्युहरूका आधारमा सर्वसाधारणहरूलाई फुटाइएको छ । एक आपसमा घृणा उत्पन्न गराई एकताबद्ध हुन नदिई टुप्पाबाट पलाएकाहरूले ढलिमुली गरिरहेका छन् ।”
अनेक धारणा र विचारहरू उनीहरूले सुने । घुम्दै जाँदा एउटा पुस्तक बिख्यातमानले पढे, त्यस पुस्तकको छोटो लघुकथाले अन्धकारमा उज्यालोको सानो धर्सा देखाएझैँ उसलाई लाग्यो, पढेर अरुलाई पनि सुनाए ।
आफैँ आफ्नो मालिक
“हामी धेरै परामुखी र परास्रित भएका छौँ । हाम्रो सोच स्वतन्त्र र वैज्ञानिक नभएकैले गरिब छौँ । दुःख पाइरहेका छौँ ।”
“यसबाट उन्मुक्ति कसरी पाउन सक्छौँ ?”
रामे र धने कुरा गरिरहेका छन् । वरिपरि बसेका अरुहरू पनि चाख मानेर सुनिरहेका छन् । यसरी कुरा गर्न सक्ने अवस्था गणतन्त्र आएकैले हो । गणतन्त्र वास्तवमा उनीहरूजस्तै गरिब र निम्छाराहरूका लागि आएको हो । कसरी ? गणतन्त्रमा गरिब र निम्छाराहरूको सामुहिक शक्ति निर्माण गर्ने वातावरण स्वतः बन्ने भएकोले हो ।
“अर्काको मुख नताकी हामी हामी मिलेर हाम्रो हितका लागि सामुहिक शक्ति निर्माण गर्नुपर्छ ।”
“त्यो कसरी ?”
“गरिब र निम्छाराहरू जो जो हाम्रो क्षेत्रमा छन् उनीहरूसँग आफ्नो भलाईको बारेमा सल्लाह गरेर एकताबद्ध भई हरेक ठाउँमा सहकार्य गरेर ।”
“राजनीतिमा पनि ?”
“हो, राजनीति त सबैको आधार–जग हो । त्यसैबाट थालनी गर्नु पर्दछ । आउँदो स्थानीय चुनावमा हाम्रो आफ्नो उम्मेदवारलाई जिताएर हाम्रो हितको रक्षा गर्ने छौँ । त्यसभन्दा अगाडि हाम्रो दैनिक कामहरू खेतीको काम, बिहे बटुलो, शिक्षा–सीप सिक्दा, बिरामी पर्दा र मान्छे मर्दा आदि सबै काम, चाड पर्व, संस्कारहरूमा हामी एकआपसमा सघाईसघी गरेर सामुहिकताको विकास गर्ने छौँ । अब हामी टुप्पोबाट पलाएकाहरूबाट कुनै आसा गर्दैनौँ । हामी आफैँ आफ्नो सपना साकार पार्ने छौँ ।”
“हो, अब हामीले यस काममा लागिहाल्नु पर्छ ।” सबै सहमत हुन्छन् ।
नभन्दै त्यस क्षेत्रका गरिब र निम्छाराहरूको सामुहिक शक्ति निर्माण हुन्छ । अब उनीहरू आफैँ आफ्नो मालिक भएका छन् । उनीहरूको सफलता देखेर वल्लो गाउँ पल्लो गाउँ र अन्य क्षेत्रका गरिब र निम्छाराहरूले पनि सामुहिक शक्ति निर्माण गर्न थाल्छन् । अन्तमा देशभरि सबै नागरिकहरू आफैँ आफ्नो मालिक हुन्छन् । देश स्वार्र्थी तŒवहरूको कब्जाबाट मुक्त भएर सार्वभौम र सम्पन्न हुन्छ ।
सुनेर सबै विचारमग्न भए ।
बिख्यातमानले कोरोना शुरु भईरहेको बेला छिमेकि राष्ट्रले निशुल्क दिएको कोरोना विरुद्धका सरसामानहरू तात्कालिन भष्टाचारी सरकारले ठीक समयमा ल्याएन । संकटको बेला पनि भ्रष्टाचारमा निर्लिप्त सरकारका कारण रूपसी र धेरैको ज्यान गएको थियो भन्ने कुरा उसले साथीभाइबहिनीहरूलाई धेरै पटक भनिसकेको थियो । त्यस्तो दोषीहरूलाई कारवाही गर्नु पर्छ भनेर उसले ‘भ्रष्टाचार विरोधी अभियान’का सार्वजनिक कर्यक्रमहरूमा पनि भनिरहेको थियो ।
‘भ्रष्टाचार विरोधी अभियान’
यो अभियानमा धेरै सर्वसाधारण आम मान्छेहरू सहभागि भईरहेका थिए । समर्थकहरू देशव्यापि रूपमा बढिरहेका थिए । कार्यक्रमहरू स्थानिय सर्वसाधारण आम मान्छेहरूले आफै आयोजना गर्थे र वक्ता बन्न बिख्यातमानलाई आमन्त्रण गर्थे ।
“भ्रष्टाचारका कारण देश पिछडिएकाले सारा सर्वसाधारण आम मान्छेहरूले दुःख पाईरहेका छन् । भ्रष्टाचारीहरूलाई कारवाही नभएसम्म भ्रष्टाचार रोकिदैन । भ्रष्टाचारीलाई गरिने कारवाहीहरू— सामाजिक बहिस्कार गर्नु, भ्रष्टाचारका प्रमाणसहित भ्रष्टाचारीहरूलाई समाजमा नाङ्गेझार पार्नु, यति गर्दा पनि सुध्रिएनन् भने कालोमोसो दलेर लिन्चिङ र भौतिक कारवाही गर्नु पर्दछ ।”
ताली बर्सियो । बिख्यातमानले मुट्ठी उठाएर तालीको स्वागत ग¥यो । अभियान व्यापक हुन थालेपछि बिख्यातमान, मामा, गोपीलाल, धन्वन्तरी, रजनी, पेम्बा सब व्यस्त हुन थाले । जुलुस नारावाजी अनेक कार्यक्रमहरू स्वस्फुर्त रूपमा सहर, बजार र गाउँतिर पनि भईरहेको थियो ।
कोरोना कालका भ्रष्टाचारी मन्त्री लिन्चिङमा परे । लिन्चिङमा भएको बेइज्जतका कारण राती आफ्नै घरको छतबाट आम फालेर आत्महत्या गरी मरे ।
राजनैतिक हलचल हुन थाल्यो । भ्रष्टाचार विरोधी अभियानका हजारौं अभियन्ताहरू पक्राउ परे, शान्तिसुरक्षाका नाममा जेल परे । सरकार र सरकारमा रहेका दलका माफियाहरू, भिजिलान्टेहरू भ्रष्टाचार विरोधी अभियानका अभियन्ताहरूका विरुद्ध ज्यान फालेर ज्यानै लिने गरी उत्रिए । सरकारी संयन्त्रहरूलाई पनि उतारियो ।
मस्टर सुवर्णमान पनि मन्त्री भएका थिए । उनले बिख्यातमानलाई सुरक्षित रहन सचेत गरे ।
बिख्यातमानले एक्लै दुक्लै हिँडन छाडे । हिड्दा मामालाई साथै लिएर हिँड्थे ।
भ्रष्टाचार विरोधी अभियानका धेरैले दल गठन गरौँ भनिरहेका थिए । तर बिख्यातमानले टुप्पा माथिबाट पलाउने वर्तमान पद्धत्ति समाप्त गर्नुपर्ने धारणा राखेकाले दल गठन भएन । तल भुइँबाटै दल गठन हुने प्रक्रियामा उनले अवरोध गरेनन् ।
२. अवसान
दुःख नपाई मर्न सकिने हस्पिस कहाँ छ
मृत्यु नभएको अजम्बरी जीवन कहाँ छ ?
बिख्यातमान र मामालाई दिउसै बीच बजारको सडकमा गोली हानियो । भागदौड मच्चियो । मुकुण्डो लगाएका तीन जना हत्यारा थिए ।
रगतको आहालमा लडेको मामालाई एक जना हत्याराले छातीमा नै फेरि गोली हान्यो । उसले ब्याखितमानलाई ताकेर हान्न लागेको थियो । “गोली खेर नफाल । देखिनस् मरिसकेको, शरीरबाट रगत पनि बग्न छाडेको छ ।” अर्काेले भनेपछि नम्बरप्लेट छोपिएको मोटरसाइकलमा चढेर तिनीहरू भागे ।
पेस्टमार्टमका लागि लास अस्पताल लगियो । मामा मरिसकेका थिए । बिख्यातमान भने सानोमा सिकेको समाधिले गर्दा गोली लाग्नासाथ स्वतः बेहोस–मृत भएको थियो । अस्पतालमा ऊ बौरीयो, उसले आफ्नो छोरा रूपेशबिख्यात र छोरी बिख्यातीरूपाकलीलाई बोलायो र भन्यो— “मेरो दराजमा रातो कपि छ, गोपीलाललाई दिनु ।” ऊ बौरिनासाथ गोली लागेको घाउबाट रगतको धारा बगेको थियो । यो देखेर ऊ फेरि बेहोस–मृत भएको थियो । रगत रोकियो ।
छोराछोरीले फेरि ब्युझिन्छन् कि भनेर पर्खिबसे । तर ऊ फेरि ब्युझेन ।
३. सुल्टो सही बाटो
सानो परिधिघेराभित्रै धीत मरुन्जेल उड्न पाए हुन्थ्यो
हिँडिरहनु, हँडिरहनु— थाकुन्जेल हिँड्न पाए हुन्थ्यो
रूपेशबिख्यात र बिख्यातीरूपाकलीले गोप्य तवरले रातो कपि गोपीलाललाई दिए । गोपीलालले ध्यान दिएर पढ्यो ।
...मानव जातिको आदिमकालदेखि आजसम्मको विकासको गति उल्टो गतिमा रहेको छ । यो गतिलाई सुल्टो पारेमा मात्र धरती शान्त, रमणीय र सबैको हितकारी हुन्छ ।
विकास उल्टोतर्फ भईरहेको छ । सत्ता केही मुट्ठीभर मानिसहरूको कब्जामा छ । उनीहरू विश्व कल्याणको सट्टा आफू सत्तामा टिकिरहनका लागि उल्टो बाटो अवलम्बन गर्छन् । हतियारको बलमा अरुलाई घुडा टेकाएर आफू मालिक बन्ने होडमा छन् । त्यही दौडमा डरलाग्दा महङ्गा हतियारहरूका आविष्कार र निर्माणमा विश्व साधनस्रोत परिचालित भईरहदा सर्वसाधारण आम मान्छेहरू आधारभुत आवश्यकताको परिपुर्ति हुन नसकि रोग भोक र अभावको सिकार भईरहेका छन् ।
आजसम्मको मानव विकास युद्धमा आधारित छ । यो युद्धको इतिहासलाई शान्तिको इतिहासमा सुल्टाउनु परेको छ । हतियारको बलले संसार जितिन्छ भन्ने एकोहोरो र एकलकाटे सोचले मानिस छिटोछिटो महाविनासतिर गईरहेको छ । युद्धउन्मादी उल्टो सोच त्यागेर शान्तिको सुन्दर सुल्टो सोचले मात्र परमाणु महाविनासबाट मानिसलाई बचाउन सक्छ । पशु प्रवृत्तिलाई पराजित गरेर प्राकृतिक मानवीय प्रवृत्तिले मात्र विश्व सुरक्षित राख्न सकिन्छ । युद्धको उल्टो बाटो छोडेर विश्व भाइभारा, विश्वबन्धुत्व र शान्तिको सुल्तो बाटोतर्फ अग्रसर भएमा मात्र परमाणु महाविनासबाट बच्न सकिन्छ । हतियारमा भईरहेको अनगिन्ति खर्च बन्द गरी त्यो खर्च विश्व सुन्दर पार्ने राम्रा काममा लगाउन सकिन्छ । यसो भएमा सबै मानिस सुखी हुन्छन् । विश्व रमणीय बगैचा फूलबारी बन्छ । सबैलाई गाँस वास कपास र शिक्षा स्वास्थ सुबिधा सर्वशुलभ हुन्छ ।
अहिले राजनीति केही युद्धउन्मादी निकृष्ट व्यक्तिहरूको हातमा शक्ति केन्द्रीत गर्ने फोहोरी खेल भएको छ । फोहोरी राजनीतिले सर्वसाधारण आम मान्छेलाई ‘मान्छे’ नै मान्दैन; युद्ध लड्ने भाडाको टट्टु मान्छ, किनिने मतदाता, बिकाउ श्रमिक मान्छ, किराफट्याङरा सरह मान्छ; तर ‘मान्छे’ गन्दैन ।
सोच ! सोच नहुँदा मान्छे पशुसरह हुन्छ । मानिस हुनका लागि मानिसझैँ सोच्न, जान्न, बुझ्न र सो अनुसार काम गर्न सक्ने हुनु पर्छ । सोच नभएको मान्छे आँखा नभएको अन्धोझैँ हुने भएकोले आफै आफ्नो गन्तव्यतर्फ बढ्न जान सक्तैन । मन नभएको रित्तो तन; अर्काकै खटनमा नोकर बनिरहेको हुन्छ । बुद्धि नभएको मानिस कसरी आफै आफ्नो मालिक बन्न सक्छ र ?
अहिले राजनीति फोहोरी टुप्पे राजनीति चलिरहेको छ । सुपर पावरले टुप्पामा बसेर अन्य देशहरूका राजनीतिलाई आफू अनुकुल बनाउने; दलाल बफादार सरकार बनाउने; विश्व राजनीति मुट्ठीमा राखी हतियार युद्धको भयमय वातावरणमा विश्व साधनस्रोत लुट्ने; महाशक्ति आफू हुने— टुप्पोबाट पलाउने राजनीति ।
आजसम्म मानव जातिले समातेको बाटो संहारको महा विनासको उल्टो बाटो; अरुलाई मारेर आफू मात्र बाँच्ने । विश्व रङ्गमञ्चमा आफू मात्र नाच्ने, अरुलाई नास्ने नीतिले विश्वभर युद्ध मच्चिरहेको छ । घाटक हातहतियारलाई शक्तिको श्रोत बनाउनुको सट्टा विश्वबन्धुत्व भाइचाराको विश्व शान्तिको सुल्टो बाटो अवलम्बन गरेर आफू पनि बाँच्ने र अरुलाई पनि बाँच्न दिने बाटो रोजेर मानव दुःखको अन्त गर्न सकिन्छ ।
आजसम्म आम सर्वसाधारण मान्छेलाई मान्छे नगन्ने परिपाटिले गर्दा तिनीहरूलाई पशुसरहको स्थितिमा राखिएको छ । तिनीहरूलाई भ्रमात्मक सोचहरूमा भ्रमित पारी सही सोच्न नसक्ने अवस्थामा राखिएको छ । सोच नभएमा मानिस मानिस रहदैन । मानिस हुनका निम्ति मानिसझैँ सोच्न–बिचार्न र निर्णय गर्न सक्ने र सोही अनुसार कार्य गर्न सक्ने हुनु पर्छ । सर्वसाधारण आम मान्छेहरूलाई सोच्ने तरिका सिकाएर सुल्टो सोचले सामथ्र्यवान बनाएपछि धरती स्वतः शान्तिमय सुखद मनोहर र हराभरा हुन्छ । सर्वसाधारण आम मान्छेहरूमा सोच पुगेपछि राजनीति स्वच्छ कञ्चन र प्रिय हुन्छ— राजनीति सर्वसाधारण आम मान्छेहरूका लागि र सर्वसाधारण आम मान्छेहरूबाटै सञ्चालित; सर्वसाधारण आम मान्छेहरूसम्मिलित राजनीति सुल्टो बाटोमा हिँड्न थाल्छ । असल राजनीति— मानव कल्याण र मानव भविष्य उज्ज्वल, सुरक्षित !...
गोपीलाल रातो–कपि पढेर प्रभावित भयो । रातो कपिको विचारलाई सर्वसाधारण आम मान्छेहरूले बुझ्ने सरल भाषामा पुस्तिका निकाल्यो । त्यो पढेर सर्वसाधारण आम मान्छेहरूको सोच बन्न थाल्यो, उनीहरूका आँखा खुल्यो । आफै आफ्नो मालिक बन्न सकिन्छ भन्ने सोचका साथ एकताबद्ध हुन थाले ।
४.सोच, साथ र नव युगको उदय
भोग्दाभोग्दा जिन्दगी जति भोग्यो भोग्दै जाँदा
झन्झन् निस्कन्छ जीवनरस स्वाद पिउँदै जाँदा
। सर्वसाधारण आम मान्छेहरू सर्वसाधारण आम मान्छेहरूको साथ पाएर सर्वसाधारण आम मान्छेहरू स्थानीय र राष्ट्रिय नेतृत्वमा पुग्न थाले । टुप्पे फोहोरी राजनीति समाप्त भयो ।
सर्वसाधारण आम मान्छेहरूको सोच र साथले शान्तिमय सुनौलो युगको आरम्भ भयो ।
५.उपसंहार
मर्नेका लागि होइन, बाँचिरहेका र भावी पिढीँका लागि सबै कामहरू गरीन्छ । तन नरहेपछि मन रहने कुरै भएन । बिख्यातमानको मन तन नभएपनि उनको तन मन दुवै रहेको बेला दुवै मिलेर लिपिबद्ध पारेको उनको सोच रहिरह्यो । बिख्यातमान मरिसक्यो, उसलाई त अब के चाहिन्छ र ?
उसले देखाएको सोच्ने तरिका र सोचले सर्वसाधारण आम मान्छेहरूले सही सोच बनाउन सके । अनेकौं भ्रमबाट मुक्त हुन सके । नभएको कुराको पछि दौडिन छाडे । समतामूलक शान्तिमय संसार निर्माण थाल्न सके । युद्धबाट मुक्ति पाउने आशा पलाउन थालेको छ । सबै देशका सर्वसाधारण आम मान्छेहरूका हातमा सत्ता र सरकार आएपछि विश्वले सुल्टो सही बाटो लिएपछि सबैको जीवन सुखमय बन्ने छ भन्ने आशा पलाउन थालेको छ । यो सब रातो कपिको देन भएकोले बिख्यातमानलाई मरणोपरान्त सम्मान गरिन्छ । उनको सम्मानका लागि र विश्वलाई युद्धको विभिषिकाबाट सुरक्षित राख्न रातो कपिलाई विश्वका विभिन्न भाषामा अनुवाद गरीन्छ । विश्वका सबै सर्वसाधारण आम मान्छेहरू एकाकार हुँन थालेका छन् । उल्टो बाटो छोडेर सुल्टो बाटोमा हिँड्न एकले अर्कोलाई ÷सबैले सबैलाई साथ दिन थालेका छन् ।
रातो कपिको सोचले मानिसहरूलाई जीवन बुझ्न्े र हेर्ने आँखा दिएको छ । जीवन बुझ्ने र हेर्ने आँखा पाउनाले साहित्यकारहरूले रातो कपिको सोचको अवधारणामा साहित्य रचना गरिरहेका छन् । पत्रकारहरूले पत्रकारिता जगतमा त्यही सोचको आधारमा घटना र तथ्यको विश्लेषण र समाचार संप्रेसन गर्न थालेका छन् । चित्रकारहरूले त्यही सोचकै अवधारणा स्पष्ट पार्न अनेक नौलो चित्रकला तयार गर्न थालेका छन् । त्यही सोचकै आधारमा बनेका आकर्षक, कलायुक्त र प्रभावोत्मक फिल्महरू दर्शकहरू माझ हटकेक भईरहेका छन् ।
रेडियो, टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालहरू युट्युव, ट्वीटर, फेसबुक, इन्स्ट्राग्राम, मेसेन्जर, टिकटक आदि रातो कपिको विचारले रङ्गिन थालेको छ । सर्वसाधारण आम भुइँमान्छेहरूले यो विचारलाई आफ्नो मुक्तिको सोचको रूपमा स्वीकार गर्न थालेकाले राजनीति कञ्चन, सफा र सर्वसाधारण आम भुइँमान्छेका हितकारी बन्न थालेको छ । विश्व भाइचारा र विश्व शान्ति स्थापना भएको छ । सर्वसाधारण आम भुइँमान्छेहरूको सोचको आधारमा भएको एकताले युद्ध उन्मादिहरूलाई सत्ता र सरकारबाट पाखा लगाईएको छ । सर्वसाधारण आम भुइँमान्छेहरूका जीवन सहज, सप्तरङ्गी, सुन्दर, सुनौलो र रमणीय बनेको छ । उनीहरू आफ्नो जीवनको आफै निर्णयकर्ता बन्न सफल भएका छन् । उनीहरू आफै आफ्नो मालिक बनेका छन् ...
र, विश्वभरिका मानिसहरू आफै आफ्नो मालिक बनिरहेका छन् ।
२०७९ कार्तिक १९, धरान
सरण राईका प्रकाशित पुस्तकहरू
–
१.केही कथा केही कविता (सहलेखनं)२०३९
२.स
ाथी (निबन्ध सङ्ग्रह)२०६४
३.मानव संसार (उपन्यास) २०६५
४.अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह ) २०६६, (साझा प्रकाशनबाट प्रकाशित)
५.ओइलिने फूल (कविता सङ्ग्रह ) २०७०
६.उडान युवा मनको (इन्टरनेटमा मात्र प्रकाशित पहिलो नेपाली उपन्यास– इन्टरनेटमा नै एक लाखभन्दा बढि मानिसहरूले हेरिसकेको )
जततउस्ररकबचबल(चबष्।दयिनकउयत।अयmर
७.अन्तिम आयाम (कथा सङ्ग्रह), २०७४, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
८. नौरङ्गी (लघुकथा सङ्ग्रह) २०७६, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
९.फुली (कथा सङ्ग्रह), २०७७, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
१०. ऋयलतझउयचबचथ ल्भउबभिकभ क्जयचत क्तयचष्भक द्यथ क्बचबल च्बष् (सरण राईका अङ्ग्रेजीमा अनुदित कथाहरू)
जततउकस्ररलभतष्ति।िदयिनकउयत।अयmर
११.बाटाभरि ओइलिरहने पूmल (उच्छ्वास कविता सहितका कवितासङ्ग्रह),२०७८, प्रकाशक शैलेश राई, सायन राई र सृजन सरण राई,(०२५ ५२०७४२) प्रमुख वितरक, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
१२.नौरङ्गी फुली (१०२ लघुकथासङ्ग्रह) २०७९ (प्रकाशोन्मुख)
१३. साथ (उपन्यास) २०७९, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)

Comments
Post a Comment